२०८२, २४ पुस बिहीबार

मण्डनदेउपुरको बाग्देवी ६६ औँ वर्ष पुरा

मण्डनदेउपुरको बाग्देवी ६६ औँ वर्ष पुरा


धुलिखेल, १७ पुसः  काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर १२ ज्याम्दीमा रहेको बाग्देवी माविको बार्षिक उत्सव कार्यक्रम सकिएको छ । आज ६६ औँ बार्षिक उत्सव कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमूख टोक बहादुर वाईबाले शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिकाले कुनै कसर बाँकी नराख्ने बताए ।

विद्यालयलाई उत्कृष्ट बनाउन शिक्षण सिकाइ क्रियाकलाप पनि उत्कृष्ट नै हुनुपर्ने उनको भनाई छ । त्यसका लागि विद्यार्थी, अभिभावक, शिक्षक सबैले सक्दो योगदान गर्नुपर्ने नगरप्रमूख वाइबाले बताए ।

कार्यक्रममा प्रमुख प्रसासकिय अधिकृत प्रणनाथ न्यौपानेले नगरपालिकाले शिक्षा क्षेत्रमा लागानी बढाएको जानकारी दिए । जिल्ला समन्वय समितिका सदस्य प्रेम लामाले शिक्षाको बिकासका लागि आफुले गर्न सक्ने सहयोग गर्न तत्पर रहेको बताए ।

विद्यालायमा ३८१ जना बिद्यार्थी अध्यन गर्दै आइरहेका छन । बार्षिक उत्सवको अवसरमा वर्षभरि सञ्चालन गरिएको अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान गरिएको छ । नगरपालिका भित्र ४० वटा विद्यालय रहेका छन् । कार्यक्रम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजिव कुमार पराजुलीको अध्यक्षता भएको थियो ।

प्रकाशित मिति : २०७६, १७ पुस बिहीबार  ३ : १५ बजे

सिन्धुलीमा १७ सय निर्वाचन प्रहरीको भर्ना खोलियो

सिन्धुली । आउँदो फाुगन २१ गतेको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न

प्रधानमन्त्री कार्की र ओलीबीच बालुवाटारमा ३ घण्टा छलफल, के भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र एमाले अध्यक्ष केपी शर्मा

प्रचण्डको सर्वसत्तावाद र विर्सजनवादको विरुद्ध कडा पत्र लेख्दै रहबरले पार्टी छाडे

काठमाडौं । माओवादीबाट प्रदेश सांसद जितेका रहबर अन्सारीले बिहीबार पार्टी

एमाले सचिव बस्नेतद्वारा सरकारको विश्वसनीयता र निष्पक्षतामा प्रश्न

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारको वर्तमान कार्यशैलीले

नेपाल-कोरिया सम्बन्ध सुदृढ : राजदूत डा. शिवमाया तुम्बाहाम्फेको एक वर्षको सक्रिय कूटनीति

काठमाडौँ । नेपाली राजदूत डा. शिवमाया तुम्बाहाम्फेले दक्षिण कोरियामा आफ्नो