२०८२, १८ श्रावण आईतबार

अबको १० वर्षभित्र सबैको आधारभूत आवश्यकता पूरा हुन्छः मन्त्री बाँस्कोटा

अबको १० वर्षभित्र सबैको आधारभूत आवश्यकता पूरा हुन्छः मन्त्री बाँस्कोटा


धुलिखेल, १२ पुस : सुचना तथा संञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले अबको १० वर्षभित्र सबैको आधारभूत आवश्यकता पुरा हुने दाबी गरेका छन । शनिबार काभ्रेको रोशीमा विद्यालय हस्तान्तरण गर्न पुगेका मन्त्री बाँस्कोटाले सन २०३० सम्म हरेक नेपालीको सबै आधारभुत आवश्यकता पुरा गर्ने दाबी गरेका हुन ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले सबै सेवा सुबिधाहरु पालिका स्तर बाटै सहज रुपमा हुने बताउँदै मन्त्री बाँस्कोटाले कल्पना गरे भन्दा धेरै बिकास निमार्णको काम भइरहेको बताए । ‘देशमा विकासको गति ह्वात्तै बढेको छ, अझ यसलाई बढाउन आवश्यक छ, उनले भने ‘तीन तहको सरकारले समन्वयात्मक ढंगले काम गर्दा मुलुक विकासका हिसाब अघि नबढ्ने कुरै भएन ।’

रोशी गाउँपालिका वडा नम्बर १ मा रहेको चेतना माध्यमिक विद्यालयको नयाँ भवन हस्तान्तरण गर्दै उनले विकासमा यहि सरकारले नयाँ मोडालिटि दिने समे बताए । ‘हामीले अहिले भर्खरै विकास निर्माण भइदिए हुन्थ्यो जस्तो लाग्छ, उनले भने ‘तर कुर्नुपर्ने समय चाँहि हामी सबैले कुर्नु नै पर्छ ।’

करिब ७० लाखको लागतमा चार कोठे पक्की भवन निर्माण गरिएको जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाका प्रमुख द्धारिका प्रसाद पोखरेले जानकारी दिए । यो विद्यालयमा २७५ जना विद्यार्थी पढ्दै आएका छन् ।

प्रकाशित मिति : २०७६, १२ पुस शनिबार  ६ : २० बजे

सप्तरीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीको हवाइफायर : २ सय ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

सप्तरी । सप्तरीको विष्णुपुर गाउँपालिका–१ बडिबिरपुरमा आइतबार बिहान लागुऔषध कारोबारी

डोङफेङले चाडपर्वअघि ‘अर्ली फेस्टिभ अफर’ घोषणा, सुरक्षा पक्षमा प्रश्न उठ्दै

काठमाडौं । डोङफेङले चाडपर्वअघि ‘अर्ली फेस्टिभ अफर’ सुरु गर्दै नेपाली

गरिमा समृद्धि योजनाले ५.१० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको प्रवर्द्धनमा र गरिमा क्यापिटल

बजेट कार्यान्वयनमा तिव्रता : अर्थ मन्त्रालयले थाल्यो मन्त्रालयगत छलफल

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनमा तिव्रता दिन