२०८२, ११ चैत्र बिहीबार

अबको १० वर्षभित्र सबैको आधारभूत आवश्यकता पूरा हुन्छः मन्त्री बाँस्कोटा

अबको १० वर्षभित्र सबैको आधारभूत आवश्यकता पूरा हुन्छः मन्त्री बाँस्कोटा


धुलिखेल, १२ पुस : सुचना तथा संञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले अबको १० वर्षभित्र सबैको आधारभूत आवश्यकता पुरा हुने दाबी गरेका छन । शनिबार काभ्रेको रोशीमा विद्यालय हस्तान्तरण गर्न पुगेका मन्त्री बाँस्कोटाले सन २०३० सम्म हरेक नेपालीको सबै आधारभुत आवश्यकता पुरा गर्ने दाबी गरेका हुन ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले सबै सेवा सुबिधाहरु पालिका स्तर बाटै सहज रुपमा हुने बताउँदै मन्त्री बाँस्कोटाले कल्पना गरे भन्दा धेरै बिकास निमार्णको काम भइरहेको बताए । ‘देशमा विकासको गति ह्वात्तै बढेको छ, अझ यसलाई बढाउन आवश्यक छ, उनले भने ‘तीन तहको सरकारले समन्वयात्मक ढंगले काम गर्दा मुलुक विकासका हिसाब अघि नबढ्ने कुरै भएन ।’

रोशी गाउँपालिका वडा नम्बर १ मा रहेको चेतना माध्यमिक विद्यालयको नयाँ भवन हस्तान्तरण गर्दै उनले विकासमा यहि सरकारले नयाँ मोडालिटि दिने समे बताए । ‘हामीले अहिले भर्खरै विकास निर्माण भइदिए हुन्थ्यो जस्तो लाग्छ, उनले भने ‘तर कुर्नुपर्ने समय चाँहि हामी सबैले कुर्नु नै पर्छ ।’

करिब ७० लाखको लागतमा चार कोठे पक्की भवन निर्माण गरिएको जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाका प्रमुख द्धारिका प्रसाद पोखरेले जानकारी दिए । यो विद्यालयमा २७५ जना विद्यार्थी पढ्दै आएका छन् ।

प्रकाशित मिति : २०७६, १२ पुस शनिबार  ६ : २० बजे

‘धेरै आशा बोकेर बिदा हुँदैछु’ : प्रधानमन्त्री सुशीला कार्की

काठमाडौं । सुशीला कार्की ले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की ले आज राष्ट्रका नाममा सम्बोधन

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, संसदीय दलको नेताबारे छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज

खाडी क्षेत्रमा अमेरिकी सैन्य परिचालन तीव्र, इरानको कडा चेतावनी

काठमाडौं । इरानसँग बढ्दो तनावबीच अमेरिकाले खाडी क्षेत्रमा सैन्य उपस्थिति

अमेरिका र इरान बीचको युद्ध रोक्न १५ बुँदे प्रस्ताव, इरानले अध्ययन गर्दै

काठमाडौं । अमेरिकाले इरानसँग जारी युद्धको अन्त्यका लागि १५ बुँदे