२०८३, ११ बैशाख शनिबार

सभामुख चयनमा सकस : शीर्ष चर्चामा नेम्वाङ र सापकोटा

सभामुख चयनमा सकस : शीर्ष चर्चामा नेम्वाङ र सापकोटा


काठमाडौं, पुस १० : प्रतिनिधिसभाको सभामुख कसलाई बनाउने भन्ने विषयमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अझै निर्णाय लिन सकेको छैन। शुक्रबारको बैठकपूर्व नै सभामुखको उम्मेदवार टुंगो लगाउने नेकपाको प्रयास बुधबारसम्म पनि टुंगोमा पुग्न सकेको छैन। तत्कालीन सभामुख कृष्णबहादुर महरा बलात्कार मुद्दामा मुछिएदेखि सुरु भएको नयाँ सभामुखको बहस हिउँदे अधिवेशन सुरु हुँदा पनि निष्कर्षमा पुग्न सकेको छैन।

तर, यसबीचमा भावी सभामुखका लागि केही नाम चर्चामा रहे। सभामुख चयनका केही विकल्पमा सत्तारूढ नेकपाको नेतृत्व तहमा छलफल चलेको छ। नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पटकपटक भएका भेटवार्तामा सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा सहमति जुट्न सकेको छैन। नेकपाभित्र सभामुखको दाबी प्रस्तुत गरिरहेका नेताहरूले आआफ्नो सम्भावना बढी भएको निकटस्थ नेतालाई बताउँदै आएका छन्। पार्टी अध्यक्षद्वयले भने सबै नेतालाई चित्त बझाउने गरी निर्णय लिने प्रयास गरिरहेका छन्।

बुधबारसम्मको राजनीतिक भेटघाट र घटनाक्रमले सभामुखमा सुभाषचन्द्र नेम्वाङ र अग्नि सापकोटाको दाबीलाई शीर्षस्थानमा राखेर बहस हुन थालेको छ। यसअघि पनि पूर्वमाओवादीको भागमा परेकाले अबको सभामुख पूर्वमाओवादीबाट बनाउने विषयमा प्रधानमन्त्रीले सकारात्मक देखिएको पूर्वमाओवादी निकट एक नेताले बताए। तर पनि प्रधानमन्त्रीले सरकारलाई सहयोग गर्ने व्यक्तिलाई सभामुख बनाउनुपर्ने तर्क अर्का अध्यक्ष दाहाललाई बताउँदै आएका छन्। यस्तै, पूर्वमाओवादीका प्रभावशाली नेताहरू नारायणकाजी श्रेष्ठ, देव गुरुङ, रामबहादुर थापा, वर्षमान पुन, अग्नि सापकोटा, जनार्दन शर्मा, पम्फा भुसाल, मातृका यादवले उनीसँग भेटेर यसबारे आफ्नो मत राखेका छन्।

दाहालसँग भेटेर सभामुख नछाड्न लबिङ गर्नेमध्ये तीन नेता अग्नि सापकोटा र पम्फा भुसाल स्वयं सभामुखका आकांक्षी पनि हुन्। उनीहरूको सुझाव कार्यान्वयन भयो भने सापकोटा सभामुखका रूपमा देखिनेछन्। यता सभामुख पद रिक्त भइसकेपछि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले नेम्वाङलाई सभामुख बनाउन चाहेका छन्। नेम्वाङ आफैंले पनि उक्त पदका लागि तीव्र चाहना व्यक्त गरेका छैनन्।

ओलीको चाहानाअनुसार हुने भएमा नेम्वाङ सभामुखका लागि सबैभन्दा शक्तिशाली उम्मेदवार हुन्। प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्बाहाम्फे सभामुख बन्ने स्वभाविक लबिङमा छिन्। उनले उपसभामुखका रूपमा अनुभव हासिल गरिसकेकाले सभामुख बन्ने चाहना देखाएकी छन्। यही कारण केही समयअघि भएको मन्त्रिमण्डल पुनर्गठनमा मन्त्री बन्ने प्रस्ताव आउँदा उनले अस्वीकार गरिन्, यो खबर राजधानी दैनिकमा छापिएको छ।

प्रकाशित मिति : २०७६, १० पुस बिहीबार  ७ : ३० बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले