२०८३, १४ श्रावण शुक्रबार

काभ्रेको महाभारत गाउँपालिका साक्षर घोषणाको तयारीमा

काभ्रेको महाभारत गाउँपालिका साक्षर घोषणाको तयारीमा


धुलिखेल, ९ पुस काभ्रेको अति विकट महाभारत गाउँपलिका साक्षर गाउँपालिका घोषणा हुने भएको छ । विद्यालयका प्रधानाध्यापक, जनप्रतिनिधि, शिक्षक संघ संगठनका प्रतिनिधिसँग गाउँपालिकामा भएको छलफलले साक्षर पालिका घोषणाका लागि तयारी गर्ने निर्णय गरेको हो । पालिकाभित्र ४९ वटा विद्यालयहरु छन् ।

आगामी पुस २७ गते साक्षर घोषणा गर्ने तयारीमा जुटेको गाउँपालिकाका प्रवक्ता रविन मोक्तानले जानकारी दिए । बैठकले आधारभुत तहका सबै बिद्यालयमा नृत्य प्रतियोगीता गरिने, साक्षर नागरिक सम्बृद्ध महाभारत भन्ने विषयमा माध्यमीक विद्यालयहरुका बिच बक्तृत्वकला प्रतियोगीता गर्ने पनि निर्णय गरेको छ ।

बैठकले माध्यमिक विद्यालयहरुमा ई हाजीरीको समेत ब्यबस्था गर्ने निर्णय गरेको छ । ‘साक्षर पालिका घोषणाका लागि सरोकारवाला सबैलाई परिचालन गर्ने निर्णय भएको छ, प्रवक्ता मोक्तानले भने ‘यस अभियानमा सबैको एक्यबद्धता छ ।’

प्रकाशित मिति : २०७६, ९ पुस बुधबार  ११ : ०० बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने

सुनसरी घटनापछि सरकार-पीडित परिवारबीच सातबुँदे सहमति, मृतकलाई सहिद घोषणा गर्ने तयारी

काठमाडौं। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा