२०८३, २१ आश्विन बिहीबार

पाडीको महत्व बुझाउँन पनौतीका मेयर आफै पुगे किसानसँग

पाडीको महत्व बुझाउँन पनौतीका मेयर आफै पुगे किसानसँग


धुलिखेल, ८ पुस काभ्रेको पनौती नगरपालिकाले किसानहरुसँग छलफल सुरु गरेको छ । नगरप्रमूख भिमप्रसाद न्यौपाने आफै मंगलबार वडा नम्बर १२ मा पुगेर छलफलको सुरु गरेका हुन । भैँसी पाडीको महत्व बुझाउँदै मेयर न्यौपानेले उचित स्याहार, सुसारमा ख्याल गर्न किसानसँग आग्रह गरे ।

नगरपालिकाले चालु आर्थिक वर्षमा अनुदानमा भैसीको पाडी वितरणका लागि छनौट भएका किसानसँग छलफल थालेको हो । नगरपालिकाको भूमिडाँडा भैसी पालनका हिसाबले मूख्य पकेट क्षेत्रको रुपमा चिनिन्छ । यो वर्ष १२ नम्बर वडामा ५० वटा पाडी वितरण गरिने छ ।

वडा नम्बर १ मा ४२ वटा, २ मा ३५, ३ मा ३० वटा र सात नम्बर वटामा ३ वटा मात्रै वितरण गरिने नगरपालिका बरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । त्यस्तै वडा नम्बर ४, ५, ६, ८, ९, १० र ११ मा २०÷२० वटा भैसीँको पाडी वितरण गरिनेछ । पाडीको माग गर्दै नगरभित्रको बाह्र वटा वडाका एक हजार किसान निवेदन दिएका थिए ।

यस वर्ष ३ सयवटा मात्रै पाडी वितरण हुने र बाँकी किसानलाई अर्को वर्ष त्यहि निवदेनका आधारमा वितरण गर्ने नगरपालिकाका प्रमुख भिम प्रसाद न्यौपानेले बताए । नगरपालिकाले अघिल्लो वर्षदेखि पाडी वितरण अभियान थालेको हो । पाडीको बिमा, औषधी उपचार खर्च र सुत्केरी भत्ता पनि नगरपालिकाले दिने गरेको छ ।

प्रकाशित मिति : २०७६, ८ पुस मंगलबार  ६ : २८ बजे

कांग्रेस नेतृत्व छान्ने मतदान फेरि अनिश्चित, शुक्रबार बिहान ७ बजेबाट हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि

‘पीडितलाई सुरक्षित पुनःस्थापना गरौँ’ : मुख्यमन्त्री थापाको निर्देशन, पुनर्निर्माण तीव्र पारिँदै

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरोबाट विस्थापित नागरिकलाई

नोबेल शान्ति पुरस्कार मैले पाउनुपर्छ : डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

स्थानीय चुनावको तयारीमा आयोग, प्रदेशसँगै गर्नेबारे अन्योल

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि आन्तरिक