२०८३, ८ कार्तिक आईतबार

ब्लड क्यान्सर पीडित सापकोटाको सहयोगार्थमा लाइन्स म्युजिकल नाइट

ब्लड क्यान्सर पीडित सापकोटाको सहयोगार्थमा लाइन्स म्युजिकल नाइट


पोखरा, ७ पुस : समाज प्रती उत्तरदायी हुँदै ब्लड क्यान्सर पीडित पोखराका सत्य राज सापकोटाको सहयोगार्थ पोखरामा लाइन्स म्युजिकल नाइट २०१९ सम्पन्न भएको छ।लाइन्स क्लब अफ पोखरा पिस सेन्टरल सिटि र लाइन्स क्लब अफ पोखरा सेन्टरल सिटिले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका हुन् ।

कार्यक्रममा गायक प्रमोद खरेल, पशुपति शर्मा, सम्झना भण्डारी , बिक्रम बराल, कमेडियन डोरेस खतीवडा ,मेनुका माझि लगायतका चर्चित कलाकारहरुले आफ्ना प्रस्तुतिहरु दिएका थिए । पोखरा सभा गृहमा दिउँसो ३ बजे बाट सुरु भएको कार्यक्रम राती ८ बजे सम्म चलेको थियो ।

कार्यक्रम सफल भयको र आगामी वर्षहरुमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने अध्यक्ष लायन बिक्रम गुरुङले जानकारी दिए । अर्का अध्यक्ष लायन चेतन कार्कीले भने चाडैं नै एक कार्यक्रम गरि बिरामी सत्यराज सापकोटालाई रकम हस्तान्तरण गरिने बताएका छन् ।

एम जे एफ लायन दिपक श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा लायन सुचित्रा कुवँर थापालाई लायन क्लबप्रती उहाँको योगदानको कदर गर्दै सम्मान समेत गरिए को थियो।

प्रकाशित मिति : २०७६, ७ पुस सोमबार  ९ : २५ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना