२०८३, ९ भाद्र बुधबार

पाँचखाल नगरपालिका र इट्टा उद्योगीबीच जुहारी लम्बियो

पाँचखाल नगरपालिका र इट्टा उद्योगीबीच जुहारी लम्बियो


धुलिखेल, ५ पुसः काभ्रेको पाँचखाल नगरपालिका र इट्टा उद्योग सञ्चालक बीच कुरा नमिलेपछि बैठक स्थगित भएको छ । शुक्रबार साझँसम्म बसेको बैठकले कुनै निष्कर्ष निकाल्न सकेन । बैठक आगामी मंगलबार बस्ने गरी बैठक स्थगित भएको उपप्रमूख लक्ष्मी दनुवारले जानकारी दिइन ।

नगरपालिकाले इट्टा भट्टाका कारण प्रदूषण बढेको भन्दै विकल्प खोज्न उद्योगीहरुलाई आग्रह गरेको छ । तर उद्योगीहरुले मानिरहेका छैनन् । ‘हामीले पाँचखालको वातावरण नबिग्रने गरी उद्योग सञ्चालन गर्नोस भनेका हौँ, उपप्रमूख दनुवारले भनिन ‘उद्योगी सञ्चालकहरु मानिरनु भएको छैन, फेरी बैठक बसेर सहमति खोज्छौँ ।’

नगरपालिकाले विद्यूतीय मेसिनको प्रयोग गर्न उद्योगीहरुलाई भनेको हो । उद्योगीहरले भने दाउराबाटै इट्टा पोल्न पाउनुपर्ने माग छोडेका छैन् । जसका कारण बिना सहमति बैठक स्थगित भएको हो । ‘अहिले वातावरण अनुकुल मेसिनहरु आइसकेका छन्, हामीले त्यस तर्फ उद्योगीहरुलाई जान आग्रह गरिरहेका छौँ, उपप्रमूख दनुवारले भनिन् ‘तर उहाँ मानिरहनु भएको छैन, जनताको स्वास्थ्यलाई असर पर्ने गरी कसैले काम गर्न पाइदैँन ।’

पाँचखाल नगरपालिकाभित्र ७ वटा इट्टा उद्योग सञ्चालमा छन् । उद्योगीहरुले भने मेसिन नै जडान गर्ने भएपनि कुन मेसिन भरर्दो छ भनेर नगरपालिकाले सिफारिस गर्नुपर्ने बताएका छन । नवदुर्गा भवनी इट्टा इन्ड्रस्टिजका सञ्चालक जितेन्द्र खायमालीले मेसिन जडानपछि प्रदूषण कम हुन्छ भन्ने ढुक्क नहुदाँसम्म जडान गर्न नसकिने बताए ।

‘कुन मेसिन जडान गर्दा कतिसम्म प्रदूषण कम हुन्छ भनेर नगरपालिकाले ब्यवसायीहरुलाई भनिदिनु पर्यौ, हाम्रो हैसियत भ्याएसम्मको मेसिन जडान गर्न आत्तुर छौँ, हामी नगरपालिकाले थालेको अभियानलाई भरपुर सहयोग पनि गर्छौ ।, उनले भने ‘तर मेसिन जडान गर्नु भनेर मात्रै समस्याको समाधान हुदैँन ।’

काभ्रे जिल्ला इट्टा उद्योग संघका अध्यक्ष समेत रहेका खायमाली स्वच्छ वातावरण निर्माणका लागि इट्टा उद्योगीहरु पनि जिम्मेवार रहेको बताए ।

यसअघि जिल्लाको नमोबुद्ध नगरपालिकाले प्रदूषण बढाएको भन्दै नगरपालिकाभित्र सञ्चालनमा रहेका सबै इट्टा उद्योग बन्द गराएको थियो ।

प्रकाशित मिति : २०७६, ५ पुस शनिबार  ८ : ४६ बजे

प्रेमीको योजनामा श्रीमानको हत्या, शव कर्णालीमा फालेको प्रहरीको दाबी

दाङ । कैलालीमा एक महिलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गराएको

भोटेकोशी बाढीले बैंकिङ क्षेत्र पनि प्रभावित, एक दर्जन शाखामा क्षति

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले टिमुरे, त्रिशूलीलगायतका

जलविद्युत् आयोजनामा कार्यरत १९० कर्मचारी सम्पर्कविहीन

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवा र नुवाकोटका

भोटेकोशी बाढी : मृतकको संख्या ९५ पुग्यो, ६३ जना उपचाररत

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा

उद्धार र राहतको कामलाई तिव्रता दिन राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा