२०८२, २२ चैत्र सोमबार

धुलिखेल नगरपालिकाको भ्रमण वर्ष लक्षित कार्यक्रमः हरेक हप्ताको तीन दिन खाना महोत्सव

धुलिखेल नगरपालिकाको भ्रमण वर्ष लक्षित कार्यक्रमः हरेक हप्ताको तीन दिन खाना महोत्सव


रवि धिताल/ ४ पुसः काभ्रेको धुलिखेल नगपालिकाले भ्रमण वर्ष २०२० मा गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार नगरपालिकामा विशेष कार्यक्रमको आयोजना गरी नगरपालिकाले भ्रमण २०२० लाई लक्षित गरी विभिन्न कार्यक्रम गर्ने सार्वजनिक गरेको हो ।

नगरप्रमूख अशोक कुमार ब्याञ्जुले सरोकारवाला पक्षसँग नगरपालिकाले गर्ने कार्यक्रम प्रस्तुत गर्दै भ्रमण वर्ष विशेष उल्लासका साथ मनाउने बताए । ‘हामीले धुलिखेलमा धेरै भन्दा धेरै पर्यटक ल्याउने र आएका पर्यटकको पनि बसाई लम्ब्याउने गरी योजनावद्ध ढंगले अघि बढेका छौ, ब्याञ्जुले भने ‘यसमा आ आफ्नो ठाउँबाट गर्न सक्ने योगदान गरौँ, धुलिखेलको संस्कृति, रहनसहन विश्वासामु पुर्याउन हामी सबैले हातेमाला गर्न जरुरी छ ।’

नगरपालिकाले पर्यटकीय हिसाबले निकै महत्वपूर्ण मानिएको धुलिखेलस्ति पुरानो संरचना मर्मतसम्भार गर्ने देखि नयाँ पार्क बनाउनेसम्मको कार्यक्रम सार्वजनिक गरेको छ । धुलिखेलको पुरानो बसपार्कमा हरेक हप्ताको तीन दिन खाना महोत्सव सहितको स्थानीय कला संस्कृतिको प्रर्शन गरिनेछ ।

अरनिको र बीपी राजमार्गमा थप १० वटा नयाँ पार्क निर्माण गरिनेछ । शौचालय सहितको नयाँ पार्क बन्न लागेको हो । भ्रमण वर्ष अवधिभर हरेक महिना नगरपालिकाले ठूल ठूलो कार्यक्रमहरु गर्नेछ । अहिले नगरपालिकाले १२ वटै वडाहरुमा पार्क निर्माण गरिहेको छ । ‘आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी विशेष कार्यक्रम गर्छौँ, नगरप्रमूख ब्याञ्जुले भने ‘यस्ता कार्यक्रमले संस्कृतिको विकाससँगै स्थानीयको आयआर्जनमा समेत ठूलो टेवा पुग्ने छ ।

पर्यटक सुुचना बोर्ड मार्फत धुलिखेलको बारे जानकारी गराइने छ । सरसफाईलाई पहिलो प्राथमिकतामा राख्र्दै साँस्कृतिक र धार्मिक कार्यक्रमलाई विशेष बनाइने प्रमूख ब्याञ्जुले बताए । शुक्रबारको छलफलमा जनप्रतिनिधि, उद्योगी, ब्यवसायी, नगरपालिकाभित्रका विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरु सहभागि थिए । उनीहरुले नगरपालिकाले सार्वजनिक गरेको कार्यक्रमको प्रशंसा गर्दै स्थानीय कला, साँस्कृतिको प्रवद्र्धनमा जोड दिने आग्रह गरे ।

प्रकाशित मिति : २०७६, ४ पुस शुक्रबार  ६ : ३२ बजे

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर