२०८२, १ असार आईतबार

कर्मचारीको कामचोर प्रवृत्ति रोकिएन, हाजिर गरेर टाप कस्छन्

कर्मचारीको कामचोर प्रवृत्ति रोकिएन, हाजिर गरेर टाप कस्छन्


काठमाडौं, २ पुस : देशभरका सरकारी कार्यालयमा कर्मचारीले समय पालना नगरी कार्यालयको काममा चरम ठगी गरेको पाइएको छ। अहिले पनि कतिपय सरकारी कायालयमा हाजिर गर्ने र टाप कस्ने प्रवृत्ति यथावत् नै रहेको छ। कर्मचारी वृत्तमा यस्तो प्रवृत्तिलाई हाटा प्रवृत्ति भनेर व्यंग्य गरिन्छ।

हाटा भन्नाले हाजिर गर्ने र अन्यत्र व्यक्तिगत काममा टाप कस्ने प्रवृत्ति हो। प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले संघीय मन्त्रालय, विभाग, अस्पताल, विभिन्न कार्यालयदेखि वडा कार्यालयसम्म गरेको अनुगमनबाट पनि धेरै कर्मचारी कामचोर प्रवृत्तिकै रहेको देखाएको समाचार राजधानी दैनिकमा छ।

केन्द्रले अनुगमनका क्रममा कारबाही सिफारिस गरेका मध्ये ८३ प्रतिशत कर्मचारीले कार्यालय समयको पालना नगरको पाइएको हो। केन्द्रले १७ सय ६ जना कारबाही सिफारिस गरेकामा एक हजार ४१६ जनाले समय पालना नगरेको पाइएको छ। यसरी समय पालना नगर्नेमा ३२१ वीर अस्पतालका कर्मचारी रहेका छन्।

प्रकाशित मिति : २०७६, २ पुस बुधबार  ७ : १८ बजे

सालघारीको सर्पट फडानी र चोरी रोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सालघारीको सर्पट फडानी र

कोशी सरकारले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट (पूर्णपाठसहित)

विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/ ८३ का

आज प्रदेश सरकारको बजेट आज सार्वजनिक हुँदै

काठमाडौं । सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष (आव) २०८२/८३

इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु

इजरायल  । इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु भएको छ। आइतबार

देहरादूनबाट केदारनाथका लागि उडेको हेलिकप्टर दुर्घटनाग्रस्त

काठमाडौ । भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना भएको छ। भारतिय सञ्चार