२०८३, ७ कार्तिक शनिबार

मण्डदनदेउपुर नगरपालिकाको तीन वटा टोल बने जिल्लाकै पहिलो स्वस्थ टोल

मण्डदनदेउपुर नगरपालिकाको तीन वटा टोल बने जिल्लाकै पहिलो स्वस्थ टोल


धुलिखेल, १ पुस: काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर १० का तीन वटा टोललाई स्वस्थ समुदाय टोलका रुपमा घोषणा गरिएको छ । पूर्ण सरसफाई कार्यक्रम अन्तर्गत सुलिकोट, श्रीचौर, र नेपालथोक जिल्लाकै पहिलो स्वस्थ टोल बनेका हुन ।

यी टोलका स्थानीयले शुद्ध खानेपानी, शौचालयको उचित प्रयोग, व्यक्तिगत सरसफाइ, वातावरणीय सरसफाइ, र जोखिमपूर्ण अवस्थामा साबुन पानीले हात धुने बानी व्यवहार सहितको १५ वटा सरसफाइका सूचकहरु पुरा गरेकाले नमूना स्वस्थ समुदाय टोल घोाषणा गरिएको हो ।

तीन टोलमा ६४ घरधुरी छन । नमुनाको रुपमा घोषणा गरिएको तीन टोलका सबै घरमा एक घर एक धारा र एक घर एक फिल्टर रहेका छन । फोहोर राख्न र फाल्न निश्चित ठाउँ तोकिएको छ । यो जिल्लाको पहिलो नमुना स्वस्थ टोल पनि बनेको छ । चण्डेनीमा १ हजार ८६ घरधुरी छन् ।

फ्याफुलाखानेपानी तथा सरसफाई उपभोक्ता समिति मार्फत चण्डेनीका स्वस्थ समुदाय घोषणा गरिएको टोलमा पानी पुर्याएको छ । समितिले यी टोल बाहेक ज्यामिरे, चण्डेनी बजार, कोटथुम्का र तिनधारा टोलमा पनि खानेपानी सहित पूर्ण सरसफाईको काम गरिरहेको छ ।

नमुना स्वस्थ टोल घोषणा गर्दै नगरपालिकाका प्रमूख टोक बहादुर वाइबाले राम्रो कामको शुरुवात भएको भन्दै नगरभित्रका कोहि पनि स्थानीय शुद्ध खानेपानी पिउनबाट बञ्चित हुन नपर्ने गरी नगरपालिकाले योजना बनाइरहेको बताए । ‘नगरपालिका आफैले पनि खानेपानीको योजना कार्यान्वयनमा ल्याएको छ, उनले भने ‘विभिन्न संघसंस्था पनि हात्तेमालो गर्न आइपुग्नुभएको छ, यसले समुदाय परिचालनमा मद्दत पुगेको छ ।’

वडाका सबै घरमा सरसफाई सम्बन्धी गतिविधि गर्न वडाध्यक्ष विष्णुमणी नेपालको अध्यक्षतामा वडा स्तरीय खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समिति गठन गरिएको छ । वडाध्यक्ष नेपालले चण्डेनीबाट सुरु भएको यो अभियान अरु ठाउँका लागि पनि सिकाई हुने बताए । उनका अनुसार पूर्ण सरसफाई कार्यक्रम सञ्चालन भएका अन्य ३ वटा टोललाई पुस १५ गतेभित्रै स्वस्थ टोल घोषणा गरिनेछ । पूर्ण सरसफाई कार्यक्रम अन्तर्गत ६ वटा टोलका गरी दुई सय ६३ घरधुरी समावेश गरिएको छ ।

मण्डनदेउपुरमा फण्बोर्ड, कारितास नेपाल, एन्फो र शान्ति जन आदर्श सेवा केन्द्रले स्वास्थ्य, सरसफाई र खानेपानी सम्बन्धि गतिविधि गरिरहेका छन् । शान्ति जन आदर्श सेवा केन्द्रका अध्यक्ष शंखबुद्ध लामाले मण्डनदेउपुरमा जस्तै रोशी गाउँपालिकामा पनि काम भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : २०७६, १ पुस मंगलबार  ९ : ५० बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना