२०८३, १५ श्रावण शनिबार

मण्डदनदेउपुर नगरपालिकाको तीन वटा टोल बने जिल्लाकै पहिलो स्वस्थ टोल

मण्डदनदेउपुर नगरपालिकाको तीन वटा टोल बने जिल्लाकै पहिलो स्वस्थ टोल


धुलिखेल, १ पुस: काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर १० का तीन वटा टोललाई स्वस्थ समुदाय टोलका रुपमा घोषणा गरिएको छ । पूर्ण सरसफाई कार्यक्रम अन्तर्गत सुलिकोट, श्रीचौर, र नेपालथोक जिल्लाकै पहिलो स्वस्थ टोल बनेका हुन ।

यी टोलका स्थानीयले शुद्ध खानेपानी, शौचालयको उचित प्रयोग, व्यक्तिगत सरसफाइ, वातावरणीय सरसफाइ, र जोखिमपूर्ण अवस्थामा साबुन पानीले हात धुने बानी व्यवहार सहितको १५ वटा सरसफाइका सूचकहरु पुरा गरेकाले नमूना स्वस्थ समुदाय टोल घोाषणा गरिएको हो ।

तीन टोलमा ६४ घरधुरी छन । नमुनाको रुपमा घोषणा गरिएको तीन टोलका सबै घरमा एक घर एक धारा र एक घर एक फिल्टर रहेका छन । फोहोर राख्न र फाल्न निश्चित ठाउँ तोकिएको छ । यो जिल्लाको पहिलो नमुना स्वस्थ टोल पनि बनेको छ । चण्डेनीमा १ हजार ८६ घरधुरी छन् ।

फ्याफुलाखानेपानी तथा सरसफाई उपभोक्ता समिति मार्फत चण्डेनीका स्वस्थ समुदाय घोषणा गरिएको टोलमा पानी पुर्याएको छ । समितिले यी टोल बाहेक ज्यामिरे, चण्डेनी बजार, कोटथुम्का र तिनधारा टोलमा पनि खानेपानी सहित पूर्ण सरसफाईको काम गरिरहेको छ ।

नमुना स्वस्थ टोल घोषणा गर्दै नगरपालिकाका प्रमूख टोक बहादुर वाइबाले राम्रो कामको शुरुवात भएको भन्दै नगरभित्रका कोहि पनि स्थानीय शुद्ध खानेपानी पिउनबाट बञ्चित हुन नपर्ने गरी नगरपालिकाले योजना बनाइरहेको बताए । ‘नगरपालिका आफैले पनि खानेपानीको योजना कार्यान्वयनमा ल्याएको छ, उनले भने ‘विभिन्न संघसंस्था पनि हात्तेमालो गर्न आइपुग्नुभएको छ, यसले समुदाय परिचालनमा मद्दत पुगेको छ ।’

वडाका सबै घरमा सरसफाई सम्बन्धी गतिविधि गर्न वडाध्यक्ष विष्णुमणी नेपालको अध्यक्षतामा वडा स्तरीय खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समिति गठन गरिएको छ । वडाध्यक्ष नेपालले चण्डेनीबाट सुरु भएको यो अभियान अरु ठाउँका लागि पनि सिकाई हुने बताए । उनका अनुसार पूर्ण सरसफाई कार्यक्रम सञ्चालन भएका अन्य ३ वटा टोललाई पुस १५ गतेभित्रै स्वस्थ टोल घोषणा गरिनेछ । पूर्ण सरसफाई कार्यक्रम अन्तर्गत ६ वटा टोलका गरी दुई सय ६३ घरधुरी समावेश गरिएको छ ।

मण्डनदेउपुरमा फण्बोर्ड, कारितास नेपाल, एन्फो र शान्ति जन आदर्श सेवा केन्द्रले स्वास्थ्य, सरसफाई र खानेपानी सम्बन्धि गतिविधि गरिरहेका छन् । शान्ति जन आदर्श सेवा केन्द्रका अध्यक्ष शंखबुद्ध लामाले मण्डनदेउपुरमा जस्तै रोशी गाउँपालिकामा पनि काम भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : २०७६, १ पुस मंगलबार  ९ : ५० बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने