२०८३, १ आश्विन शुक्रबार

प्रदेश निर्वाचन कोषको बजेट बाँडफाँट

प्रदेश निर्वाचन कोषको बजेट बाँडफाँट


दमौली, २९ मङ्सिर: गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि विभिन्न योजना छनोट गर्नुभएको छ । तनहुँ निर्वाचन क्षेत्र २ को (ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित गुरुङले तीन स्थानीय तहमा १४ योजना छनाट गरी रकम विनियोजन गर्नुभएको हो ।

प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकासका लागि रु दुई करोडको योजना छनोट गर्न पाउने प्रावधानअनुसार उहाँले भिमाद नगरपालिकामा रु एक करोड, घिरिङ गाउँपालिकामा र ऋषिङ गाउँपालिकामा रु ५०÷५० लाखको योजना छनोट गर्नुभएको छ । सोअनुसार भिमाद–४ स्थित नरिकोट सडक स्तरवृद्धिका लागि रु २० लाख, वडा नं ५ स्थित शीतलमार्ग स्तरवृद्धिका लागि रु २० लाख, वडा नं ९ स्थित सिद्धगुफा मोहरिया मोटरमार्ग स्तरवृद्धिका लागि रु १० लाख, वडा नं ९ कै धन्दुर इको पार्क तथा पर्यापर्यटन पूर्वाधार निर्माणका लागि रु २५ लाख र सोही वडास्थित भानुमती मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषक समूहको भौतिक निर्माणका लागि रु २५ लाख बजेट विनियोजन गरिएको छ ।

घिरिङ–३ स्थित चक्रदेवी मोटरमार्ग मानपुर नेउपानी स्तरवृद्धिका लागि रु १५ लाख, वडा नं ५ स्थित मोहरिया धेनुङ मोटरमार्ग स्तरवृद्धिका लागि रु १५ लाख, वडा नं २ स्थित कटहरे डुम्रीबँेसी मोटरमार्ग खेलन्दी खोला कल्भर्ट निर्माणका लागि रु २० लाख विनियोजन गरिएको छ । यस्तै ऋषिङका वडा नं १ र २ स्थित शुकेपोखरी धनुबास ग्वास्लुङ कोइदिम धबला मोटरमार्गका लागि रु २५ लाख, वडा नं ६ स्थित लाफा भिलेज भवन निर्माणका लागि रु पाँच लाख, वडा नं ४ स्थित भिरकोट जनजाति सामुदायिक भवन निर्माणका लागि रु पाँच लाख, वडा नं ५ स्थित राम्जाकोट दलित सामुदायिक भवन निर्माणका लागि रु पाँच लाख, वडा नं ८ स्थित अजम्बरी आमा समूह भवनका लागि रु पाँच लाख र वडा नं २ स्थित टोड्केदी खानेपानी मर्मतका लागि रु पाँच लाख विनियोजन गरिएको छ ।

यसैबीच निर्वाचन क्षेत्र नं २ (क) बाट प्रदेशसभामा निर्वाचित आशा कोइरालाले पनि आफ्नो निर्वाचन क्षेत्र शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा योजना छनोट गर्नुभएको छ । सोअन्तर्गत व्यासस्थित गलेखामकोट मन्दिर निर्माणका लागि रु १० लाख, माहेन्द्री आधारभूत विद्यालय भवन निर्माणका लागि रु १० लाख, पाटन खेलमैदान निर्माणका लागि रु १० लाख र सगरमाथा आमा समूह भवन निर्माणका लागि रु दुई लाख विनियोजन गरिएको छ ।

म्याग्देस्थित कालभैरव मन्दिरमा पूर्वाधार निर्माणका लागि रु आठ लाख, सालघारी गाउँस्वाँरा मोटरमार्गका लागि रु आठ लाख, बरचौर सामुदायिक भवन निर्माणका लागि रु सात लाख र शहीद स्मृति अतिथि स्वागतगृहका लागि रु आठ लाख बजेट विनियोजन गरिएको छ । यस्तै एकदेव आले स्मृति अतिथि स्वागतगृहका लागि रु आठ लाख, एकदेव आले स्मृति पर्यटन मार्गका लागि रु पाँच लाख, जामुने राधा मावि मार्ग कालोपत्रका लागि रु १० लाख, घुम्ती सामुदायिक भवन निर्माणका लागि रु तीन लाख, विश्वकर्मा मन्दिर परिसर सामुदायिक भवन निर्माणका लागि रु तीन लाख, दलित सामुदायिक भवन निर्माणका लागि रु दुई लाख, त्रिवेणीधाम शवदाह गृह निर्माणका लागि रु ३५ लाख र शुक्ला नागढुङ्गा शवदाह गृह निर्माणका लागि रु २५ लाख विनियोजन गरिएको छ ।

प्रदेश सरकारले बनाएको विकास क्षेत्र पूर्वाधार कार्यविधिअनुसार २५सम्म योजना बनाउनुपर्ने र त्यसमा बढीमा दुई योजना न्यूनतम रु २५ लाखभन्दा बढी बजेटका छनोट गर्नुपर्ने हुन्छ । यदि साना योजना बनाउनुपर्ने भएमा रु एक लाखसम्मका तीन र रु दुई लाखसम्मका पाँच योजना छनोट गर्न पाउने कार्यविधिमा उल्लेख छ । कार्यविधिअनुसार छनोट भएका योजनाको पहिलो चौमासिकमा १५, दोस्रोमा ३५ र तेस्रोमा ४० प्रतिशत योजनाको काम सम्पन्न हुनुपर्ने उल्लेख छ ।

प्रकाशित मिति : २०७६, २९ मंसिर आईतबार  ५ : २३ बजे

सुनको भाउमा फेरि ठूलो उछाल, तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो

काठमाडौ । नेपाली बजारमा सुनको मूल्यले फेरि ठूलो उछाल लिएको छ।

इरानी राष्ट्रपति पेजेस्कियानलाई अमेरिकाको भिसा, महासभामा सहभागी हुन न्यूयोर्क जाँदै

काठमाडौं। अमेरिका र इरानबीच तनाव चर्किरहेका बेला अमेरिकी सरकारले इरानी राष्ट्रपति मसुद

डेढ अर्बको हुण्डी कारोबार आरोपमा विराटनगरका दुई जना पक्राउ

विराटनगर । एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको हुण्डी कारोबार गरेको

प्रधानमन्त्री बालेन हुन कि रवि लामिछाने हुन भन्नेमा कन्फूजन छ : गणेशबहादुर विश्वकर्मा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य गणेशबहादुर विश्वकर्माले वर्तमान

क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो : अजय विक्रम थापा

पछिल्लो समय नेपालमा क्यासिनोको संख्या बढ्दै छ, तर ठूला लगानी