२०८३, १८ बैशाख शनिबार

प्रगतिशील लेखक संघ काभ्रेको रचना वाचनमा सीमाको सुरक्षा गर्न आग्रह

प्रगतिशील लेखक संघ काभ्रेको रचना वाचनमा सीमाको सुरक्षा गर्न आग्रह


धुलिखेल, २८ मंसिर । काभ्रेका प्रगतिशील लेखकहरुले धुलिखेलमा आज रचना वाचन गरेका छन् । प्रगतिशील लेखक संघ जिल्ला समितिले आयोजना गरेको कार्यक्रममा विभिन्न १५ जना काभ्रेली प्रगतिशील सर्जकहरुले आ–आफ्नो रचना वाचन गरेका हुन् ।

सर्जकहरुद्वारा पूर्खाको बलिदानबाट कोरिएको देशको सीमा मिचिइँदा सरकारबाट कुटनीतिक पहलकदमीमा ढिलासुस्ती भएकोप्रति रचना मार्फत सरकारको आलोचना गरिएको छ । वाचन गरिएका सिर्जनाहरुमध्ये केही सर्जकका रचनाले भने सामाजिक विकृतिमाथि तिखो व्याङ्ग्या प्रहार गरेको थियो ।

कार्यक्रममा कवयित्री शुभद्रा दाहाल, मीरा पौड्याल, विष्णु पाण्डे घिमिरे, भवानी पाण्डे, ललिता अधिकारी, सरस्वती शर्मा सुवेदी, सुशिला विष्ट, सुभद्रा अधिकारी, लक्ष्मी सुवेदी, शारदा नेपाल, कवि रमेश पौड्याल, नवराज दाहाल ‘उत्साही’, शिवप्रसाद वञ्जारा, यदुनाथ ‘देउपुरे’, केदारनाथ अचार्य लगायतले रचना वाचन गरेका थिए ।


संघले यसअघि बनेपामा गत साउन ३२ गते पहिलो पटक रचना वाचन कार्यक्रम गरेको थियो । अगामी दिनमा पनि यस्तो कार्यक्रम गर्दै जाने संघका अध्यक्ष भवानी पाण्डेले बताएकी छन् । जिल्लाको १३ वाटै स्थानीय तहहरुमा रचना वाचन गर्ने र प्रगतिशील लेखक संघको स्थानीय इकाइ गठन गर्ने संघका सचिव ध्रुव रायमाझीले बताएका छन् ।

प्रकाशित मिति : २०७६, २८ मंसिर शनिबार  ७ : ०८ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा