२०८३, ६ कार्तिक शुक्रबार

प्रगतिशील लेखक संघ काभ्रेको रचना वाचनमा सीमाको सुरक्षा गर्न आग्रह

प्रगतिशील लेखक संघ काभ्रेको रचना वाचनमा सीमाको सुरक्षा गर्न आग्रह


धुलिखेल, २८ मंसिर । काभ्रेका प्रगतिशील लेखकहरुले धुलिखेलमा आज रचना वाचन गरेका छन् । प्रगतिशील लेखक संघ जिल्ला समितिले आयोजना गरेको कार्यक्रममा विभिन्न १५ जना काभ्रेली प्रगतिशील सर्जकहरुले आ–आफ्नो रचना वाचन गरेका हुन् ।

सर्जकहरुद्वारा पूर्खाको बलिदानबाट कोरिएको देशको सीमा मिचिइँदा सरकारबाट कुटनीतिक पहलकदमीमा ढिलासुस्ती भएकोप्रति रचना मार्फत सरकारको आलोचना गरिएको छ । वाचन गरिएका सिर्जनाहरुमध्ये केही सर्जकका रचनाले भने सामाजिक विकृतिमाथि तिखो व्याङ्ग्या प्रहार गरेको थियो ।

कार्यक्रममा कवयित्री शुभद्रा दाहाल, मीरा पौड्याल, विष्णु पाण्डे घिमिरे, भवानी पाण्डे, ललिता अधिकारी, सरस्वती शर्मा सुवेदी, सुशिला विष्ट, सुभद्रा अधिकारी, लक्ष्मी सुवेदी, शारदा नेपाल, कवि रमेश पौड्याल, नवराज दाहाल ‘उत्साही’, शिवप्रसाद वञ्जारा, यदुनाथ ‘देउपुरे’, केदारनाथ अचार्य लगायतले रचना वाचन गरेका थिए ।


संघले यसअघि बनेपामा गत साउन ३२ गते पहिलो पटक रचना वाचन कार्यक्रम गरेको थियो । अगामी दिनमा पनि यस्तो कार्यक्रम गर्दै जाने संघका अध्यक्ष भवानी पाण्डेले बताएकी छन् । जिल्लाको १३ वाटै स्थानीय तहहरुमा रचना वाचन गर्ने र प्रगतिशील लेखक संघको स्थानीय इकाइ गठन गर्ने संघका सचिव ध्रुव रायमाझीले बताएका छन् ।

प्रकाशित मिति : २०७६, २८ मंसिर शनिबार  ७ : ०८ बजे

३५ वर्षमा देशले ठूलो फड्को मारेको छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतले पछिल्लो

हिमपातमा बेपत्ता ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार

सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारीको गाउँ लिमीको उच्च

चीनमा भूकम्प : राहतका लागि बजेट विनियोजन, यसरी हुँदैछ उद्धार

एकाठमाडौं । चीनले दक्षिणपश्चिमी चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ७.०

कालीकोटमा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न

कालीकोट। बडादशैं तथा तिहारको उपलक्ष्यमा कालीकोट जिल्लामा पहिलो पटक पुल–अप

मुगुका ६ हजार १०० नागरिकले पाए गाउँमै निःशुल्क उपचार र औषधि, स्थानीय हर्षित

मुगु । भौगोलिक विकटता र आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट