२०८२, ८ कार्तिक शुक्रबार

काभ्रेको नारायणस्थानमा पनि पर्न थाल्यो हिउँ

काभ्रेको नारायणस्थानमा पनि पर्न थाल्यो हिउँ


धुलिखेल २७ मंसिर काभ्रेको बेथानचोक गाउँपालिकामा पर्ने नारायणस्थानमा हिउँ पर्न सुरु भएको छ । गाउँपालिकाका प्रमूख प्रेम बहादुर तिमल्सिनाका अनुसार उच्च भागमा हिउँ पर्न थालेसँगै चिसो पनि अत्याधिक बढेको छ ।

उच्च भेगमा हिउँ र तल्लो भागमा पानी परेकाले किसानहरुलाई भने सिँचाईका लागि सजिलो भएको उनले बताए । उच्च हिमाली भेगमा हिउँ पर्न शुरुभएपछि कतै हिउँ खेल्नेको भिड लागेको छ भने कतै जनजीवन प्रभावित बनेको छ ।

त्यस्तै दोलखाको पर्यटकीय तथा धार्मिकस्थल कालिञ्चोक क्षेत्रमा पनि हिमपात सुरु भएको छ । कालिञ्चोकको कुरी क्षेत्रमा आज बिहानदेखि नै हिउँ परिरहेको हो । जसका कारण चिसो बढ्दा स्थानीयवासीको जनजीवन कष्टकर बनेको छ ।

चिसोका कारण पाँच वर्षमुनिका बालबालिकालाई नियोनिया हुन सक्ने भएकाले न्यानो पारेर राख्न र झोलिला खानेकुरा प्रशस्त खुवाउन चिकित्सकहरुले सुझाव दिएका छन् ।

प्रकाशित मिति : २०७६, २७ मंसिर शुक्रबार  ६ : ३९ बजे

चर्चित गायिका नितु पौडेलको मृत्यु

काठमाडौं । आत्मदाह प्रयास गरेकी चर्चित गायिका नितु पौडेलको मृत्यु

मिथिलामा छठ पर्वको तयारी सुरु, उत्सवमय वातावरण

सर्लाही । तिहारको समापनसँगै मिथिलाञ्चलमा अब छठ पर्वको रौनक फैलिएको

बिपीराजमार्गमा मोटरसाइकल दुर्घटना: लोबसाङ होइदेनको मृत्यु

रामेछाप । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७, तल्लो बरामामा आज बिहान मोटरसाइकल

कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा र हिमपातको अनुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले