२०८३, ९ श्रावण आईतबार

रजत पदक विजेता काभ्रेकी चेली चन्चलालाई रेडियो नमोबुद्धद्धारा सम्मान

रजत पदक विजेता काभ्रेकी चेली चन्चलालाई रेडियो नमोबुद्धद्धारा सम्मान


धुलिखेल २७ मंसिर १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत करातेको व्यक्तिगत महिला एकल कातातर्फ रजत पदक जितेकी काभ्रे पाँचखालकी चन्चला दनुवारलाई रेडियो नमोबुद्धले सम्मान गरेको छ ।

१३ औं सागमा नेपाललाई पहिलो पदक दिलाएकी चन्चलालाई बिहीबार रेडियोका स्टेशन म्यानेजर हिरामान लामाले खादा ओढाएर सम्मान गरेका हुन । धुलिखेल स्थित रेडियो नमोबुद्धको कार्यालयमा स्वागत गर्दै लामाले चन्चलाले दिलाएको पदकले काभ्रेसँगै सिँगो देशको शान उच्च बनाएको बताए । उनले भावीमा अझ मेहेनतका साथ अघि बढन र काभ्रेली खेलाडीले काभ्रे जिल्लाको नाम खेलकुद मार्फत विश्वसामु चिनाउनेमा आफु विश्वस्त रहेको बताए ।

रेडियो नमोबुद्धसँग कुरा गर्दै उनले अन्तर्राष्ट्रिय खेलकुदमा पदक पाउँदा आफु निकै खुशी भएको भन्दै अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा थप तयारीका साथ सहभागि हुने बताइन । ‘आफ्नो लागि भन्दा पनि देशको लागि खेल्ने हो, उनले भनिन् ‘राज्यले पनि खेलकुदलाई उच्च प्राथमिकता र सम्मान गर्नुपर्छ, जसले खेलाडीमा उत्साह थपिन्छ ।’

सातदोबाटोस्थित कराते हलमा गएको सोमबार भएको फाइनलमा चन्चला पाकिस्तानकी खेलाडीसँग पराजित भएकी थिइन । चन्चलाले फाइनलमा २४.६२ अंक जोडिन । स्वर्ण जितेकी पाकिस्तानकी साइदाले २५.२८ अंक प्राप्त गरिन् । यस स्पर्धामा बंगलादेशले कास्य जितेको छ ।

प्रकाशित मिति : २०७६, २७ मंसिर शुक्रबार  ८ : ३९ बजे

लुम्बिनी सरकारबाट कांग्रेस बाहिरिँदै, पाँच मन्त्रीले आजै राजीनामा दिने

रुपन्देही । नेकपा एमाले र नेकपाबीच सत्ता सहकार्यका लागि सहमति

इरान युद्धमा ट्रम्प प्रशासनभित्रै ‘रणनीतिक विद्रोह’, भान्स र सेना प्रमुखले रोके लामो युद्धको बाटो

काठमाडौं । इरानमाथि करिब दुई सातादेखि जारी अमेरिकी सैन्य कारबाहीमा

पत्रकारमाथि चरित्रहत्या गर्ने कर्मचारीलाई प्रेस चौतारीको कडा चेतावनी

काठमाडौं । समाचार प्रकाशन गरेको विषयलाई लिएर जयपृथ्वी नगरपालिकाका आन्तरिक