२०८३, ३१ श्रावण सोमबार

धुलिखेलको हनुमान र सञ्जिवनी विद्यालय आसपासका मदिरा र सुर्तिजन्य पदार्थ नियन्त्रण

धुलिखेलको हनुमान र सञ्जिवनी विद्यालय आसपासका मदिरा र सुर्तिजन्य पदार्थ नियन्त्रण


धुलिखेल , २३ मंसिरः काभ्रेको धुलिखेल नगरपालिकाभित्र रहेका दुईवटा विद्यालय आसपासका मदिरा र सुर्तिजन्य पदार्थ नियन्त्रणमा लिइएको छ ।

नगरपालिकाका उपप्रमूख विमला शर्माको नेतृत्वमा गएको टोलीले पात्लेखेतको हनुमान मावि र धुलिखेलको सन्जिवनी नमुना मावि परिसर भित्रको मदिरा तथा सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिएको हो ।

विद्यालयको सटर भाडामा लिएर पसल ब्यवसाय चलाई रहेका ब्यापारीहरुले मदिरा र सुर्तिजन्य पदार्थ बेचविखन गरिरहेको भन्दै रेडियो नमोबुद्ध, खबरघर डटकम लगायतका सञ्चार माध्यममा समाचार आएपछि उपप्रमूखको टोलीले सोमबार विद्यालयको अनुगमन गरेको थियो । समाचार आएपछि अनेरास्ववियु धुलिखेल नगर कमिटीले पनि ज्ञापन पत्र बुझाउँदै मदिरा र सुर्तिजन्य पदार्थ हटाउन आग्रह गरेको थियो ।

अनुगमनका क्रममा भेटिएका सबै मदिरा र सुर्तिजन्य पदार्थ निणन्त्रणमा लिइएको अनेरास्ववियु धुलिखेल नगर इन्चार्ज मिलन गौतमले जानकारी दिए । सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्न २०६८ सालमा बनेको ऐन अनुसार विद्यालयको दुईसय मिटर वरपरको क्षेत्रमा मदिरा र सुर्तिजन्य सामग्री बेचविखन गरे कारबाही हुने ब्यवस्था छ । तर विद्यालयकै सटर भाडामा लिएर ब्यापारीहरुले उक्त ऐनको खिलापमा मदिरा र सुर्तिजन्य पदार्थ बेचविखन गर्दै आइरहेका थिए ।

अनुगमनका लागि उपप्रमूख शार्मासँगै धुलिखेल नगरपालिकाका सामाजिक विकास शाखा सयोजक विष्णु धिताल, जिल्ला प्रशासन कार्यालयका प्रसाशकीय अधिकृत खगेन्द्र सुवेदी, जिल्ला प्रहरी कार्यालयका सहायक निरीक्षक हरि कृष्ण खड्का, नगरपालिकाका शिक्षा अधिकृत भोज कुमार ठकुरी विद्यालय पुगेका थिए । अनुगमन टोलीले दुई वटा विद्यालयबाट दुई बोरा मदिरा र सुर्तिजन्य पदार्थ निणन्त्रणमा लिएको छ ।

निणन्त्रणमा लिइएका मदिरा र सुर्तिजन्य पदार्थ नष्ट गरिने उपप्रमूख शार्माले खबर घरलाई बताइन् । ‘हामीले विद्यालयमा अनुगमन गरी मदिरा र सुर्तिजन्य पदार्थ नियन्त्रणमा लिएका हौँ, उनले भनिन, ऐन अनुसार बेचविखन नगर्न पसल सञ्चालकहरुलाई सचेत गराएका छौँ, अनुगमनलाई निरन्तरता दिन्छौँ , ऐनको बर्खिलापमा फेरी पनि बेचविखन भएको पाइएमा कानुन बमोजिम कारबाहि भोग्न जो पनि तयार हुनुपर्छ ।’

प्रकाशित मिति : २०७६, २३ मंसिर सोमबार  ८ : ०१ बजे

कोशी सरकारमा नेकपाको ‘पावर इन्ट्री’, चार मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक

प्रवासी नेपाली मञ्च अष्ट्रेलियामा रमेश पौडेलको नेतृत्व, आठै राज्यका प्रतिनिधिबीच सर्वसम्मत नयाँ टिम

सिड्नी । प्रवासी नेपाली मञ्च (ओएनएफ) अष्ट्रेलियाको छैठौँ राष्ट्रिय अधिवेशनले

किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा बहस सकियो, आदेश आउन बाँकी

काठमाडौं । पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सर्वोच्च अदालतमा

४५ सांसदको साथले जोगियो लुम्बिनी सरकार, आचार्यको कुर्सी सुरक्षित

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभामा विश्वासको मत

यातायात ऐनमा चर्को जरिवाना र चालकलाई अपराधीकरण नगर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले प्रस्तावित “सवारी तथा