२०८३, ८ कार्तिक आईतबार

काभ्रेको भुम्लु गाउँपालिका विपद् ब्यबस्थापनको तयारी जुट्यो

काभ्रेको भुम्लु गाउँपालिका विपद् ब्यबस्थापनको तयारी जुट्यो


धुलिखेल, २३ मंसिर काभ्रेको भुम्लु गाउँपालिका विपद्को तयारीमा जुटेको छ । पालिकाले आपत्कालीन अवस्थामा उद्धारको लागी चाहिने सामाग्री किन्न पाँच लाख रुपैया छुट्टाएको छ ।

बिपद् ब्यबस्थापनको पुर्व तयारीका लागि सोमबार भएको छलफलमा गाउँपालिकाले यस्तो निर्णय गरेको हो । बिपद् ब्यबस्थापनको लागि यसअघि पनि २० लाख रकम बिनियोजन गरिसकेको गाउँपालिकाका उपाध्यक्ष कल्पना श्रेष्ठले जानकारी दिइन । ‘प्राकृतिक विपद् जोखिमका हिसाबले हाम्रो पालिका पनि उच्च नै छ, उपध्याक्ष श्रेष्ठले भनिन ‘त्यसैले प्रत्येक वडाको जोखिम मूल्याङ्कन गरेर, त्यहि अनुसार योजना, कार्यक्रम, बजेट र पूर्व तयारी अपनाउना पालिका लागि परेको हो ।’

पालिकाले बाढी पहिरो, आगोलागी, खोला छेउछाउका बस्ती, भुकम्प लगायत प्राकृतिक बिपद्का बेला जनधनको क्षती कम गर्न सुरक्षित स्थानमा स्थानन्तरण, तत्काल उद्धार गर्न पालिका स्तरमै जनशक्ति उत्पादन गर्न प्रशिक्षण दिने तयारी थालेको उपाध्यक्ष श्रेष्ठले बताइन ।

यसैबीच काभ्रेको मण्डनदेउपुर नगरपालिकामा पनि विपद जोखिम न्यूनिकराणबारे छलफल गरिएको छ । छललफलमा नागरपालिकाका उप–प्रमुख निर्मला शाहीले नगरपालिकाले बनाएको प्रकोप विपद् जोखिम न्यूनिकराण ऐन, नियम र कार्यवीधिबारे सहजीकरण गरेकि थिइन ।

सामुदायिक सारथीले आयोजना गरेको छलफलमा जिल्लाका क्रियाशील गैरसरकारी संस्था रिमरेक काभ्रेका सचिब रमेश गौतमले नगरपालिकाबाट प्रकोप विपद जोखिम न्यूनिकराणका क्षेत्रमा गर्नुपर्ने कार्यक्रमका विषयमा बोलेका थिए । छलफलमा नेपाल दलित उत्थान समाजका अध्यक्ष प्रकाश रोक्का, जिल्ला अपाङ्ग महिला संघ काभ्रेका अध्यक्ष पम्फा पुर्कोटी र सामुदायिक सारथी काभ्रेका कार्यक्रम संयोजक भेषराज दनुवारले विपद जोखिम न्यूनिकरणका विषयमा आ–आफ्नो धाराण राखेका थिए ।

प्रकाशित मिति : २०७६, २३ मंसिर सोमबार  ८ : १० बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना