२०८३, १२ असार शनिबार

काभ्रेको भुम्लु गाउँपालिका विपद् ब्यबस्थापनको तयारी जुट्यो

काभ्रेको भुम्लु गाउँपालिका विपद् ब्यबस्थापनको तयारी जुट्यो


धुलिखेल, २३ मंसिर काभ्रेको भुम्लु गाउँपालिका विपद्को तयारीमा जुटेको छ । पालिकाले आपत्कालीन अवस्थामा उद्धारको लागी चाहिने सामाग्री किन्न पाँच लाख रुपैया छुट्टाएको छ ।

बिपद् ब्यबस्थापनको पुर्व तयारीका लागि सोमबार भएको छलफलमा गाउँपालिकाले यस्तो निर्णय गरेको हो । बिपद् ब्यबस्थापनको लागि यसअघि पनि २० लाख रकम बिनियोजन गरिसकेको गाउँपालिकाका उपाध्यक्ष कल्पना श्रेष्ठले जानकारी दिइन । ‘प्राकृतिक विपद् जोखिमका हिसाबले हाम्रो पालिका पनि उच्च नै छ, उपध्याक्ष श्रेष्ठले भनिन ‘त्यसैले प्रत्येक वडाको जोखिम मूल्याङ्कन गरेर, त्यहि अनुसार योजना, कार्यक्रम, बजेट र पूर्व तयारी अपनाउना पालिका लागि परेको हो ।’

पालिकाले बाढी पहिरो, आगोलागी, खोला छेउछाउका बस्ती, भुकम्प लगायत प्राकृतिक बिपद्का बेला जनधनको क्षती कम गर्न सुरक्षित स्थानमा स्थानन्तरण, तत्काल उद्धार गर्न पालिका स्तरमै जनशक्ति उत्पादन गर्न प्रशिक्षण दिने तयारी थालेको उपाध्यक्ष श्रेष्ठले बताइन ।

यसैबीच काभ्रेको मण्डनदेउपुर नगरपालिकामा पनि विपद जोखिम न्यूनिकराणबारे छलफल गरिएको छ । छललफलमा नागरपालिकाका उप–प्रमुख निर्मला शाहीले नगरपालिकाले बनाएको प्रकोप विपद् जोखिम न्यूनिकराण ऐन, नियम र कार्यवीधिबारे सहजीकरण गरेकि थिइन ।

सामुदायिक सारथीले आयोजना गरेको छलफलमा जिल्लाका क्रियाशील गैरसरकारी संस्था रिमरेक काभ्रेका सचिब रमेश गौतमले नगरपालिकाबाट प्रकोप विपद जोखिम न्यूनिकराणका क्षेत्रमा गर्नुपर्ने कार्यक्रमका विषयमा बोलेका थिए । छलफलमा नेपाल दलित उत्थान समाजका अध्यक्ष प्रकाश रोक्का, जिल्ला अपाङ्ग महिला संघ काभ्रेका अध्यक्ष पम्फा पुर्कोटी र सामुदायिक सारथी काभ्रेका कार्यक्रम संयोजक भेषराज दनुवारले विपद जोखिम न्यूनिकरणका विषयमा आ–आफ्नो धाराण राखेका थिए ।

प्रकाशित मिति : २०७६, २३ मंसिर सोमबार  ८ : १० बजे

सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

भक्तपुर, १२ असार : सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा

रास्वपाले पायो तीन नयाँ सहमहामन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट हरि ढकाल,

रास्वपा महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट विपिनकुमार आचार्य

फिफाबाट एन्फा निलम्बित, राष्ट्रिय टिमदेखि क्लबसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा रोक

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा (FIFA) ले अखिल नेपाल

रास्वपा महाधिवेशनः बिहान ७ बजेसम्म १८ सय प्रतिनिधिले गरे मतदान

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत राति १२ बजेदेखि