२०८२, ९ फाल्गुन शनिबार

पनौती नगरपालिका साक्षर नगर घोषणा, काभ्रेमा अझै १० प्रतिशत निरक्षर

पनौती नगरपालिका साक्षर नगर घोषणा, काभ्रेमा अझै १० प्रतिशत निरक्षर


धुलिखेल, २० मंसिर काभ्रेको पनौती नगरपालिका साक्षर नगरपालिका घोषणा भएको छ ।

शुक्रबार एक कार्यक्रमको आयोजना गरी नगरपालिकालाई साक्षर घोषणा गरिएको हो । साक्षर घोषणाले नगरपालिकालाई थप हौसला मिलेको नगरप्रमूख भिम प्रसाद न्यौपानेले बताए । उनले कतिपय बस्तीमा अझै पनि निरक्षर छन भने त्यस्ता बस्तीका लागि नगरपालिकाले विशेष ब्यवस्था गरेर भएपनि पूर्ण सारक्षता पालिका बनाउने काम अघि बढ्न सबैसँग आग्रह गरे । ‘साक्षरता दिगो विकासको एक अभिन्न अंग हो, उनले भने ‘पालिकाका सबै साक्षर भए मात्रै समृद्ध पनौती नगर बनाउन मद्दत पुग्छ ।’

पनौती नगरपालिकासँगै जिल्लाको ७ वटा स्थानीय तह साक्षर घोषणा भएका छन् । घोषणा कार्यक्रममा संघीय सासंद गंगा बहादुर दोङ, पूर्व सभासद रामहरी सुवेदी, जिल्ला समन्वय समितिका प्रमूख उद्धव केसी, नगरपालिकाका उपप्रमूख गीता बञ्जारा लागयत सहभागि थिए ।

जिल्लाको धुलिखेल, मण्डनदेउपुर र बनेपा नगरपालिका साक्षर नगरपालिका यसअघि नै साक्षर घोषणा भइसकेका छन । त्यसैगरी भूम्लु, खानीखोला र तेमाल गाउँपालिका पनि साक्षर पालिका घोषणा भएका छन् । जिल्लाको १३ स्थानीय तहमध्ये अब चौरीदेउराली, रोशी, महाभारत र बेथानचोक गाउँपालिका त्यस्तै पाँचखाल र नमोबुद्ध नगरपालिका साक्षर हुन बाँकी छन ।

आफ्नो पालिकाको १५ देखि ६० वर्ष उमेर समूहको जम्मा निराक्षर ब्यक्तिको ९५ प्रतिशत भन्दा बढी जनसंख्या साक्षर भएपछि मात्रै साक्षर घोषणा गर्न मिल्ने ब्यवस्था सरकारले गरेको छ । राजधानीबाट सबैभन्दा नजिकको जिल्ला भएरपनि काभ्रे अझै साक्षरता युक्त जिल्ला बन्न सकेको छैन । जिल्लामा १० प्रतिशत नागरिक निरक्षर भएको शिक्षा विकास तथा समन्वय इकाई प्रमूख गोकर्णध्वज कार्कीले बताए । उनका अनुसार पाँचखाल नगरपालिका साक्षर घोषणाको तयारीमा जुटेको छ ।

प्रकाशित मिति : २०७६, २० मंसिर शुक्रबार  ७ : ०८ बजे

चियाबारी-खुर्कोट सुरूङ एमालेकै नेतृत्वमा बन्छ : मनोजजंग

सिन्धुली: चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण नेकपा एमालेको नेतृत्वमै सम्पन्न हुने

एमालेको झण्डा जलाउनेलाई कारबाहीको चेतावनी : अञ्जना अधिकारी

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)की युवा नेतृ अञ्जना अधिकारीले पार्टीको

तेमालका हजार एमालेमा प्रवेश : अमित लामाद्वारा स्वागत

बनेपा। तेमाल गाउँपालिका-१ सस्र्यूखर्क लामागाउँका हजार सिं तामाङ नेकपा (एमाले)

सप्तरीमा एमाले झण्डा र उम्मेदवारको तस्वीर जलाएको भिडियो सार्वजनिक

राजविराज । सप्तरी निर्वाचन क्षेत्र नम्बर २, महदेवा गाउँपालिकाबाट प्रतिनिधिसभा सदस्य

नेकपाका २ दर्जन कार्यकर्ताले उठाए बिद्रोहको झण्डा, मनोजजंगलाई बिजयी गराउने उद्घोष

सिन्धुली । आगामी फागुन २१ गते हुने प्रतिनिधीसभा सदस्यको निर्वाचन