२०८३, १४ श्रावण शुक्रबार

पात्लेखेतको हनुमान मावि परिसरभित्रको मदिरा बेचविखन रोक्न अनेरास्ववियूको ज्ञापनपत्र

पात्लेखेतको हनुमान मावि परिसरभित्रको मदिरा बेचविखन रोक्न अनेरास्ववियूको ज्ञापनपत्र


काठमाण्डौ, १९ मंसिर: काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर ११ पात्लेखेतमा रहेको हनुमान मावि परिसरभित्रको मदिरा तथा सुर्तीजन्य पदार्थ हटाउन दबाब बढेको छ ।

बिहिबार नेकपाको भ्रातृ संगठन अनेरास्ववियूले धुलिखेल नगरपालिकामा पसल हटाउन माग गर्दै ज्ञापनपत्र बुझाएको हो । विद्यालय हाताभित्र मदिरा बेचविखन गर्न नपाउने भन्दै ज्ञापनपत्र बुझाएको अनेरास्ववियूका धुलिखेल नगर इन्चार्ज मिलन गौतमले बताउनुभयो ।

हनुमान मावि परिसरभित्र खुल्लाम खुल्ला मदिरा र सुर्तीजन्य पदार्थ बेचविखन भइरहेको खबर बुधबार रेडियो नमोबुद्ध र खबरघर अनलाइनले प्रसारण तथा प्रकाशन गरेका थिए । विद्यालय प्रशासनले गएको असोज ९ गते एक सुचना जारी गर्दै तीन दिनभित्र मदिरा र धुम्रपान बेचविखन नगर्न आग्रह गरेपनि अहिलेसम्म कुनै पनि पसलले कार्यान्वयन गरेका छैनन् ।

विद्यालयकै भवन सटर भाडामा लिएर पसल ब्यवसाय चलाई रहेका ब्यापारीहरुले मदिरा र सुर्तीजन्य पदार्थ बेचविखन गरिरहेका हुन् । सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्न २०६८ सालमा बनेको ऐन अनुसार विद्यालयको दुईसय मिटर वरपरको क्षेत्रमा मदिरा र सुर्तिजन्य सामग्री बेचविखन गरे कारबाही हुने ब्यवस्था छ । अनेरास्ववियूका धुलिखेल नगरअध्यक्ष रमेश धितालद्धार हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ ‘विद्यालयको आफ्नै सटरहरुमा रहेको होटलदेखि किराना पलसहरुमा सुर्तिजन्य पदार्थ बेचविखन गरिरहेको हुँदा सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्न २०६७ बमोजिम एक हप्ताभित्र हटाउन अनुरोध गरिन्छ ।’

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बाबुराम धितालले विद्यालय हाताभित्र मदिरा तथा सुर्तीजन्य पदार्थ बेचविखन नभएको दाबी गर्छन । तर विद्यालयका प्रधानाध्यपक देवीप्रसाद ढुंगानाले विद्यालय परिसरभित्रका पसलहरुबाट मदिरा र सुर्तीजन्य सामग्रीको बेचविखन नहटेको बताए ।

ज्ञापनपत्र

प्रकाशित मिति : २०७६, १९ मंसिर बिहीबार  ७ : १४ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने

सुनसरी घटनापछि सरकार-पीडित परिवारबीच सातबुँदे सहमति, मृतकलाई सहिद घोषणा गर्ने तयारी

काठमाडौं। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा