२०८२, १७ असार मंगलबार

धरानमा नेकपाको किल्ला ढल्यो, मेयरमा काँग्रेसका तिलक राई विजयी

धरानमा नेकपाको किल्ला ढल्यो, मेयरमा काँग्रेसका तिलक राई विजयी


काठमाडौँ  १६ मङ्सिर  : धरान उपमहानगरपालिकामा २८ वर्षपछि नेपाल कम्युनिस्ट (नेकपा) को किल्ला नेपाली काँग्रेसले ढालेको छ ।

उपनिर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका तिलक राईले नेकपाका प्रकाश राईलाई पराजित गर्दै किल्ला ढालेको हो ।

तिलक राईले २ हजार ७ सय ९५ मतले प्रकाश राईलाई पछाडी पारेको छ । तिलक राईले २६ हजार ७ सय ०९ मत पाएका मत प्राप्त गरेका छन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपाका प्रकाश राईले २३ हजार ९ सय १४ मत प्राप्त गरेको थियो ।

मत गणताको सुरुवातीमा नेकपाले अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेनन् । अधिलो निर्वाचनमा यही क्षेत्रमा तत्कालीन एमाले एक्लैले यस क्षेत्रमा निर्वाचन जितेका थिए । तर, उपनिर्वाचनमा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी नेकपाले साख जोगाउन नसकेको हो ।

तत्कालीन एमालेका उम्मेदवार स्व तारा सुब्बाले काँग्रेसका तिलक राईलाई ४ हजार बढी मतान्तरले हराएका थिए । यो उपमहानगरपालिकामा उपमेयरमा पनि तत्कालीन एमालेकै मञ्जु भण्डारी निर्वाचित भएकी थिइन् । तर, उपचुनावमा भने नेकपाले आफ्नो साख जोगाउन नसकेको हो ।

प्रतिनिधिसभामा पनि यस क्षेत्रबाट नेकपाका जयकुमार राईले नै चुनाव जितेका थिए । जय राईले सङ्घीय समाजवादी फोरम अहिले समाजवादी पार्टी बाट उम्मेदवार बनेका अशोक कुमार राईलाई दोब्बर मतले पराजित गरेका थिए । जयकुमार राईले ४४ हजार ५२८ मत प्राप्त गरेका थिए भने अशोक राईले २२ हजार १२३ मत मात्रै प्राप्त गरेका थिए ।

यस क्षेत्रमाका वडाहरुमा तत्कालीन एमालेले ३,४,६,७,८,९,१०,११,१२,१३,१५,१६ र २० वडामा विजय हासिल गरेका थिए । भने नेपाली काँग्रेसले १,२,५,१४ र १८ वडाहरुमा विजयी हासिल गरेका थिए । भने, तत्कालीन नेकपा माअ‍ेवादी केन्द्रले भने एक मात्र वडा १७ नम्बरमा प्यानलै विजयी हासिल गरेको हो थिए ।

प्रकाशित मिति : २०७६, १६ मंसिर सोमबार  ६ : ०६ बजे

प्रधानमन्त्री ओलीले गरे अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता

काठमाडौं । स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागु हुनेगरी

चीनसँग भविष्यमा ऊर्जा क्षेत्रमा थप सहकार्य हुन्छ : ऊर्जामन्त्री खड्का

काठमाडौं । चीन भ्रमणबाट फर्किएपछि उर्जा जलस्रोत तथा सिंचाई मन्त्री

भारतसँग स्वास्थ्य सहकार्य गर्न मन्त्री पौडेलको तयारी

काठमाडौं । भारतसँग स्वास्थ्य क्षेत्रमा सहकार्यका लागि स्वास्थ्य तथा जनसंख्या

आज कोसी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर