२०८३, २९ जेष्ठ शनिबार

धरानमा नेकपाको किल्ला ढल्यो, मेयरमा काँग्रेसका तिलक राई विजयी

धरानमा नेकपाको किल्ला ढल्यो, मेयरमा काँग्रेसका तिलक राई विजयी


काठमाडौँ  १६ मङ्सिर  : धरान उपमहानगरपालिकामा २८ वर्षपछि नेपाल कम्युनिस्ट (नेकपा) को किल्ला नेपाली काँग्रेसले ढालेको छ ।

उपनिर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका तिलक राईले नेकपाका प्रकाश राईलाई पराजित गर्दै किल्ला ढालेको हो ।

तिलक राईले २ हजार ७ सय ९५ मतले प्रकाश राईलाई पछाडी पारेको छ । तिलक राईले २६ हजार ७ सय ०९ मत पाएका मत प्राप्त गरेका छन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपाका प्रकाश राईले २३ हजार ९ सय १४ मत प्राप्त गरेको थियो ।

मत गणताको सुरुवातीमा नेकपाले अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेनन् । अधिलो निर्वाचनमा यही क्षेत्रमा तत्कालीन एमाले एक्लैले यस क्षेत्रमा निर्वाचन जितेका थिए । तर, उपनिर्वाचनमा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी नेकपाले साख जोगाउन नसकेको हो ।

तत्कालीन एमालेका उम्मेदवार स्व तारा सुब्बाले काँग्रेसका तिलक राईलाई ४ हजार बढी मतान्तरले हराएका थिए । यो उपमहानगरपालिकामा उपमेयरमा पनि तत्कालीन एमालेकै मञ्जु भण्डारी निर्वाचित भएकी थिइन् । तर, उपचुनावमा भने नेकपाले आफ्नो साख जोगाउन नसकेको हो ।

प्रतिनिधिसभामा पनि यस क्षेत्रबाट नेकपाका जयकुमार राईले नै चुनाव जितेका थिए । जय राईले सङ्घीय समाजवादी फोरम अहिले समाजवादी पार्टी बाट उम्मेदवार बनेका अशोक कुमार राईलाई दोब्बर मतले पराजित गरेका थिए । जयकुमार राईले ४४ हजार ५२८ मत प्राप्त गरेका थिए भने अशोक राईले २२ हजार १२३ मत मात्रै प्राप्त गरेका थिए ।

यस क्षेत्रमाका वडाहरुमा तत्कालीन एमालेले ३,४,६,७,८,९,१०,११,१२,१३,१५,१६ र २० वडामा विजय हासिल गरेका थिए । भने नेपाली काँग्रेसले १,२,५,१४ र १८ वडाहरुमा विजयी हासिल गरेका थिए । भने, तत्कालीन नेकपा माअ‍ेवादी केन्द्रले भने एक मात्र वडा १७ नम्बरमा प्यानलै विजयी हासिल गरेको हो थिए ।

प्रकाशित मिति : २०७६, १६ मंसिर सोमबार  ६ : ०६ बजे

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क

रोपाइँको मुखमा किसानलाई मल–बीउ उपलब्ध गराउन एमालेको माग

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीले धान रोपाइँ तथा

सीमादेखि संसदसम्म सरकार विवादमा, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन एमालेको चेतावनी

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय स्वाधीनता, श्रमिक अधिकार र लोकतान्त्रिक

बजेट छेडखानी प्रकरणमा एमालेको चुनौती : ‘दूधको दूध, पानीको पानी गर्न तयार छौँ’

काठमाडौं । नेकपा एमालेका सांसद गुरु बराल ले अर्थमन्त्री स्वर्णिम

प्रधानमन्त्रीको मौनता र अर्थमन्त्रीको धम्कीमाथि : केसीको आक्रोश

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी ले संसद्प्रति सरकारको