२०८२, १० फाल्गुन आईतबार

आज वि.सं. २०७६ मंसिर ११ गते बुधबारको राशिफल हेर्नुहोस

आज वि.सं. २०७६ मंसिर ११ गते बुधबारको राशिफल हेर्नुहोस


मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। मिहिनेत परे पनि समयमा काम नबन्न सक्छ। सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन्। शुभचिन्तकसमेत प्रतिपक्षीको प्रभावमा आउन सक्छन्। आन्तरिक सूचना बाहिरिन सक्छ, गोपनीयतामा ध्यान पुर्याउनुहोला। रोकिएका काममा दोहोऱ्याएर प्रयत्न गर्नुपर्नेछ। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
बिछोडिएका आफन्तजनसँग रमाइलो भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यापार र पेसामा राम्रै फाइदा हुनेछ। आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला। आलस्य गर्नाले काममा विलम्ब हुन सक्छ। अरूको भरपर्दा लाभ उठाउन नसकिएला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ। तर ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। आफ्ना सामानमा अरूले दाबी गर्नेछन्। परिस्थितिसँग सम्झौता गर्नुपर्ला। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
थकान र अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। अप्ठ्यारा परिस्थितिले काम गर्न विलम्ब हुनेछ। समयको तालमेल नमिल्दा आफ्ना विषयवस्तुमा अरूले दाबी गर्नेछन्। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। पढाइलेखाइमा त्यति समय दिन नसकिएला। अरूको विश्वास गर्दा काममा धोका हुन सक्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
परिस्थितिअनुसार निर्णय लिन नसक्दा काम दोहोर्याउनुपर्ने हुन सक्छ। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ। महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला। आफूलाई विश्वास नलागेका व्यक्तिहरूले भने केही फाइदा दिलाउनेछन्। नसोचेको धन प्राप्त हुनाले घरायसी अभाव पूरा गर्न सकिनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
नयाँ काम प्रारम्भ गर्ने समय छ। मिहिनेतले दिगो फाइदा दिलाउनेछ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा सामान्य फाइदा हुनेछ। छोटो समयमा पनि केही प्रतिफल पाइनेछ। तर विश्वास दिलाएर स्रोत फुत्काउनेहरूले धोका दिन सक्छन्। गोपनीयताका लागि अलि चनाखो रहनुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
समयमा आफ्नो हक दाबी गर्न नसक्दा कम मात्र लाभांश प्राप्त हुनेछ। आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला। धेरै मिहिनेतले मात्र चिताएको काम बन्नेछ। बोलीको प्रभाव कमजोर हुने हुँदा काममा मिहिनेत गर्नुपर्ला।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ। मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहार प्राप्त हुन सक्छ। अवसर जुट्नेछ तर आलस्य गर्ने बानीले काम अधुरो रहन सक्छ। पछिका लागि जग बसाउने समय छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। परिवारजनबाट टाढिनुपर्ला। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। दिगो योजनाका लागि ऋण लिनुपर्ने आवश्यकता पर्न सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। करकापमा परी काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ। आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने समय रहेकाले चनाखो रहनुहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
दिगो काम प्रारम्भ हुनेछ। प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ। आम्दानीका स्रोत बढ्नाले मनग्य धनलाभ हुनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। छोटो समयमै उपलब्धि हातलागी हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। व्यापारमा पनि राम्रै फाइदा उठाउन सकिनेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। प्रयत्न गर्दा सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हातलागी हुने समय छ। पुराना कामको चर्चा हुनेछ र नयाँ काम गर्ने अवसर जुट्नेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य कम मात्र पाइएला। आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन्। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। जीवनशैली व्यस्त रहनेछ र उपलब्धिविहीन काममा समय बित्न सक्छ। तापनि, गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। मिहिनेत गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। प्रयत्न गर्दा पछि फाइदा हुने काम सुरु गर्न सकिनेछ।

प्रकाशित मिति : २०७६, ११ मंसिर बुधबार  ६ : ४२ बजे

झण्डा जलाउने र निषेध गर्ने कार्यप्रति कांग्रेस उम्मेदवार तिमल्सिनाको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नं. ४ का उम्मेदवार

कर्फ्युका कारण रौतहट जिल्ला अदालतका सबै सेवा स्थगित

काठमाडौँ । रौतहटमा जारी गरिएको अनिश्चितकालीन कर्फ्युका कारण रौतहट जिल्ला

मतदानअघि राष्ट्रको पक्ष रोजौँ : देश बनाउनेलाई साथ दिन आग्रह : सचिव महेश बस्नेत

भक्तपुर, १० फागुन । नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र

चियाबारी-खुर्कोट सुरूङ एमालेकै नेतृत्वमा बन्छ : मनोजजंग

सिन्धुली: चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण नेकपा एमालेको नेतृत्वमै सम्पन्न हुने

एमालेको झण्डा जलाउनेलाई कारबाहीको चेतावनी : अञ्जना अधिकारी

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)की युवा नेतृ अञ्जना अधिकारीले पार्टीको