२०८२, ५ पुस शनिबार

नेताहरुलाई बोकाइयो पानीको डोको

नेताहरुलाई बोकाइयो पानीको डोको


काठमाडौं, कात्तिक २१ : गाउँमा खानेपानी बिकराल रहेको विषय उक्त गाउँमा यसअघि नपुगेका नेताहरुलाई के थाहा ? तर, जब उनीहरु अर्कै कार्यक्रमका लागि ‘भीआईपी’ बनेर गाउँ पुगे, तब मात्र उनीहरुलाई थाहा भयो कि त्यहाँ पानीको साँच्चै समस्या रहेछ भन्ने कुरा ।

गाउँलेहरुले नवनिर्मित विद्यालय हस्तान्तरण गर्न त्यहाँ पुगेका जनप्रतिनिधिसमेतलाई आफ्नो समस्याबारे व्यावहारिक रुपमा बोध गराउन नयाँ तरिका सुझाएका थिए –पानीले भरिएका गाग्री डोकामा राखेर बोकाउने र आफूहरुजस्तै हिँडाउने । त्यसपछि नेताहरुको चेत खुल्लाकी भन्ने सोचेका थिए, गाउँलेले ।

उक्त समस्या सुल्झाउन स्थानीयले गोप्यरुपमा उपाय रचेका थिए । त्यो उपाय सफल भयो । मकवानपुरको अतिविकट राक्सिराङ गाउँपालिका–८ स्थित महांकाल बस्तीमा पुगेका विभिन्न दलआबद्ध नेताहरुले त्यहाँका पीडित स्थानीयको आग्रहअनुसार पानीको ग्राग्री डोकोमा राखेर बोक्नुप¥यो । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रकाशित मिति : २०७६, २१ कार्तिक बिहीबार  ७ : ५५ बजे

मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाको विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो प्रदेशसभाबाट विश्वासको

एमाले केन्द्रीय कमिटी बैठक : कार्यविभाजनको जिम्मा सचिवालयलाई दिने प्रस्ताव

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक केन्द्रीय कमिटी

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभामा विश्वासको

राजनीतिप्रति घृणा फैलाउनेहरुप्रति खबरदारी गर्न केपी ओलीको अपील

भक्तपुर। नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दलीय

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ (तस्वीरहरू)

काठमाडौं । नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा