२०८३, १५ बैशाख बुधबार

अनेरास्ववियुद्वारा ‘गो ब्याक इन्डिया’ भन्दै प्रदर्शन

अनेरास्ववियुद्वारा ‘गो ब्याक इन्डिया’ भन्दै प्रदर्शन


काठमाडौँ, २० कात्तिक: सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले भारतले नेपाली भूमि आफ्नो नक्सामा राखेकामा विरोधमा प्रदर्शन गरेको छ । अखिलले आज दिउँसो प्रदर्शनी मार्गस्थित आरआर क्याम्पसबाट निस्केको प्रदर्शन पुतलीसडक, बागबजार हुँदै रत्नपार्कमा गई सभामा परिणत भएको थियो ।

प्रदर्शनमा विद्यार्थीले नेपालको ‘गो ब्याक इन्डिया, कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो’, ‘मिचिएको हाम्रो भूमि फिर्ता गर’ ‘आफ्नो माटो, अर्काले दाब्दा किन मौन सरकार’, ‘भारतीय विस्तारवाद मुर्दावाद’ जस्ता नारा लगाएका थिए । कोणसभामा अखिलका संयोजक ऐन महरले नेपालको एक इन्च भूमि पनि भारतीय पक्षले मिच्न नपाइने भन्दै भारतीय पक्षलाई नक्सा सच्याउन माग गर्नुभयो ।

उहाँले सरकारलाई कूटनीतिक पहलबाट भारतीय नक्सामा नेपालको भूमि मिचिएका बारेमा छिटो पहल गर्न आग्रह गर्नुभयो । सभामा अखिलका सहसंयोजक रञ्जित तामाङले भारत छिमेकी मुलुक भए पनि पटकपटक नेपाली सीमा अतिक्रमण गर्ने गरेकाले मान्य नहुने बताउनुभयो । उहाँले नेपालको भूमि मिचिएको भारतले बनाएको नक्सा सच्याउनुपर्ने माग गर्नुभयो ।

प्रकाशित मिति : २०७६, २० कार्तिक बुधबार  ६ : ०९ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले