२०८२, ६ फाल्गुन बुधबार

‘ग्यास प्लान्टलाई अझ बृहत बनाउनुपर्छ’ : सांसद लम्साल

‘ग्यास प्लान्टलाई अझ बृहत बनाउनुपर्छ’ : सांसद लम्साल


काभ्रे, कात्तिक १६: प्रदेश नं ३ का प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले ढलबाट ग्यास निकाल्ने कार्यलाई अझै बृहत बनाउनुपर्ने बताउनुभएको छ । धुलिखेल नगरपालिका–५ मा रहेको श्रीखण्डपुर ढल प्रशोधन केन्द्र उपभोक्ता समितिको ९ औँं साधारणसभामा उहाँले लामो समयदेखि ग्यास उत्पादन गरेर बिक्री गर्दै आएकोमा त्यसलाई थप विस्तार गरी उत्पादन बढाउनुपर्नेमा जोड दिनुभयो ।

प्रदेशसभा सदस्य लम्सालले जिल्लाका ऐतिहासिक शहरको रुपमा रहेको यो शहरलाई सफा बनाउने र ढललाई व्यवस्थित रुपमा अघि बढाउने योजानाअन्तर्गत ढलबाट ग्यास निकाल्ने काम शुरु भएको यो ग्यास प्लान्ट नेपालमै उदाहरणीय भएको बताउँदै प्रदेश सरकारको तर्फबाट यसमा आफूले सकिने सहयोग गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

समितिका अध्यक्ष पूर्णबहादुर कर्माचार्यले वार्षिक रुपमा रु १८ हजार मूल्यको ग्यास बिक्री गरिरहेको बताए । समितिका सचिव हरिगोपाल प्रधानाङ्गले यो प्लान्टबाट उत्पादन गरिएको ग्यास चार घरलाई वितरण गर्दै आएको बताउनुभयो । यूएन हेभिट्याटको आर्थिक सहयोग तथा एनफोको प्राविधिक सहयोगमा विगत ६÷७ वर्षदखि ग्यास उत्पादन गर्दै आएको उहाँले बताउनुभयो । सो ग्यास प्लान्ट पाइपलाइन विछ्याउन रकम अभाव भएको कारण विस्तार गर्न नसकेको समितिले जनाएको छ ।

साधारणसभाले आगामी तीन वर्षका लागि पुनः पूर्णबहादुर कर्माचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा विकास श्रेष्ठ, सचिव हरिगोपाल प्रधानाङ्ग र कोषाध्यक्ष महेन्द्रकाजी श्रेष्ठ रहनुभएको छ ।समितिको पदेन सदस्यमा वडाध्यक्ष रहने व्यवस्था छ । समितिको सदस्यमा गङ्गासागर रञ्जित चयन भएका छन् ।

त्यस्तै बैकुण्ठ प्रधान, गुणबहादुर कर्माचार्य, सुन्दर रञ्जित पूर्णमाया मानन्धर, प्रतिभा भुजु श्रेष्ठ र सीतारामप्रसाद दाहाल सदस्य रहनुभएको छ । सो साधाराणसभाले इञ्जिनीयर अष्टलाल सुवाल, दयराम महत, जयराम श्रेष्ठ र टिकाप्रसाद हुमागार्इं रहेको सल्लाहकार समितिसमेत चयन गरेको छ । रासस

प्रकाशित मिति : २०७६, १६ कार्तिक शनिबार  ८ : १२ बजे

काभ्रेमा कांग्रेसलाई झट्का : नमोबुद्ध-११ का दर्जनौँ कार्यकर्ता एमाले प्रवेश

बनेपा । नमोबुद्ध नगरपालिका वडा नं. ११ का दर्जनौँ नेपाली

८० यात्रु बोकेको श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता

काठमाडौँ । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण

ओखलढुङ्गामा एमालेको चुनावी अभियान तीव्र, हर्कबोल राईद्वारा सक्रिय अपिल

ओखलढुङ्गा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेकपा (एमाले) ओखलढुङ्गामा चुनावी

आचारसंहिता उल्लंघनको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक

डाडापारीमा ‘कफी र जडिबुटी’ ड्रिम प्रजेक्ट मेरो प्राथमिकता : अमित लामा

काभ्रे । एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १