२०८२, ६ फाल्गुन बुधबार

काभ्रेपलाञ्चोकमा विमानस्थल बनाउन अध्ययन थालिन्छ : मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोकमा विमानस्थल बनाउन अध्ययन थालिन्छ : मन्त्री बाँस्कोटा


काभ्रेपलाञ्चोक, ९ कात्तिक: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले काभ्रेपलाञ्चोकमा आन्तरिक विमानस्थल निर्माणार्थ तत्काल अध्ययन शुरु हुने बताउनुभएको छ । बनेपा नगरपालिका–१२ बाँसडोलस्थित वडा कार्यालयद्वारा विभिन्न चाडपर्वका अवसरमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले काभ्रेपलाञ्चोकमा आन्तरिक विमानस्थल बनाउन केही हप्ताभित्रै अध्ययन शुरु हुने बताउनुभएको हो ।

मन्त्री बाँस्कोटाले भन्नुभयो, “संसदीय समितिले गत वर्ष चासो नपरेको विषयमा चासो दिएर काभ्रेपलाञ्चोकमा ‘बनाउनै पर्दैन’ भन्ने विवाद निकालेपछि रोकियो, यस वर्ष विस्तृत परियोजना प्रतिवदेन (डिपीआर) बनाउन बजेट पनि छुट्याइएको छ, अब तत्काल डिपीआरको काम शुरु हुन्छ ।” उहाँले डिपीआर तथा अन्य केही प्राविधिक कार्यका लागि २५ करोड रुपैयाँ छुट्याएको उल्लेख गर्दै हवाई उड्डयन प्राधिकरणका निर्देशकलाई छिटोछिटो डिपीआर बनाउन निर्देशन दिएको बताउनुभयो ।

मन्त्री बाँस्कोटाले भन्नुभयो “प्राधिकरणका निर्देशक डिपीआर बनाउने विषयमा तयारी गर्दै हुनुहुन्छ, डिपीआर प्राविधिक विषय हो, मिल्ने भए बन्छ नभए बन्दैन ।” काठमाडौँबाट नजिक भएकाले काभ्रेपलाञ्चोकलाई विमानस्थलका लागि पहिलो प्राथमिकता दिएको उहाँको तर्क थियो । मन्त्री बाँस्कोटाले काठमाडौँमा समयसमयमा हवाई ट्राफिक जाम भई समस्या सिर्जित भएकाले नजिकै एउटा विमानस्थल आवश्यक भइसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “काठमाडाँैको नजिक काभ्रेपलाञ्चोक भेटिएकाले डिपीआर गर्न लगाइएको हो, अन्तै नजिक भेटिए अन्तै लगे पनि हुन्छ, काभ्रेपलाञ्चोक नै चाहिएको छ भनेका छैनौँ ।” उहाँले काभ्रेपलाञ्चोकमा आन्तरिक विमानस्थल बन्दा यहाँका बासिन्दाले काठमाडौँ जान हवाइजहाज चढ्न नपरे पनि बाटोको विकाससँगै आर्थिक चहलपहल तथा रोजगारी सिर्जना हुने धारणा व्यक्त गर्नुभयो ।

मन्त्री बाँस्कोटाले काभ्रेपलाञ्चोकमा विमानस्थल बन्दा हिमाली उडानलाई समेत सजिलो हुने बताउनुभयो । “हामी काठमाडाँैको नजिक विमानस्थल बनाउने विषयमा थाकेका छैनौँ, प्राविधिकका अनुसार रु सात अर्ब लाग्नेछ, बजेट अपुग भए थप्न पनि सकिन्छ”, उहाँले भन्नुभयो, “अब पनि संसदीय समितिले चासो दिने भए विचार पु¥याएर चासो देओस् ।”

मन्त्री बाँस्कोटाले आजै अनलाइन मिडिया सञ्जालद्वारा बनेपामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै समग्र मिडिया डिजिटिलाइजेसन हुँदै गएको उल्लेख गर्दै विश्वव्यापीरुपमा समस्या सिर्जना हुँदै गएकामा दुःख व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “अब मुलुक डिजिटल इकोनोमीतर्फ लागिरहेको छ, सामाजिक सञ्जाल र मिडियाबारे स्पष्ट हुन जरुरी छ, सदुपयोग गलत छ कि, सही छ भन्ने कोणबाट अध्ययन गर्नु आवश्यक छ ।” उहाँले प्रत्येक वर्ष इनटरनेटका २५ लाख नयाँ ग्राहक थपिँदै गएको, कूल इन्टरनेट प्रयोगकर्तामध्ये ९० लाखले फेसबुक र ४० लाखले ट्वीटर चलाउने गरेको बताउनुभयो ।

मन्त्री बाँस्कोटाले आजै बेथानचोक गाउँपालिका– २ र ३ नम्बर वडास्थित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)द्वारा चाडपर्वका अवसरमा आयोजित अर्को एक शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मुलुकको विकासलाई उत्पादनसँग जोड्दै विसं २०३० सम्ममा प्रतिव्यक्ति आय १२ हजार ५०० डलर बनाइने लक्ष्य राखिएको बताउनुभयो ।

“सुनकोशी नदीमा ५३६ मेगावाट बिजुलीका लागि काम शुरु भइसक्यो, अब विमानस्थल फलामखानी, औद्योगिक ग्राम तथा खाद्यान्न उत्पादनजस्ता परियोजना क्रमशःसञ्चालन हुँदै जानेछन्”, उहाँले भन्नुभयो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य गङ्गाबहादुर दोङ, प्रदेशसभा सदस्य वसुन्धरा हुमागाईं, पनौती नगरपालिकाका प्रमुख भीम न्यौपाने, नेकपाका नेताद्वय रिता ढकाल र बेदप्रसाद तिमल्सिनाले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा विविध सांस्कृतिक तथा व्यङ्ग्यात्मक प्रस्तुतिसमेत गरिएको थियो ।रासस

प्रकाशित मिति : २०७६, ९ कार्तिक शनिबार  ८ : ०७ बजे

काभ्रेमा कांग्रेसलाई झट्का : नमोबुद्ध-११ का दर्जनौँ कार्यकर्ता एमाले प्रवेश

बनेपा । नमोबुद्ध नगरपालिका वडा नं. ११ का दर्जनौँ नेपाली

८० यात्रु बोकेको श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता

काठमाडौँ । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण

ओखलढुङ्गामा एमालेको चुनावी अभियान तीव्र, हर्कबोल राईद्वारा सक्रिय अपिल

ओखलढुङ्गा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेकपा (एमाले) ओखलढुङ्गामा चुनावी

आचारसंहिता उल्लंघनको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक

डाडापारीमा ‘कफी र जडिबुटी’ ड्रिम प्रजेक्ट मेरो प्राथमिकता : अमित लामा

काभ्रे । एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १