२०८२, २२ जेष्ठ बिहीबार

नेपालको संविधान अब सबैको हातहातमा, पकेट संविधान प्रकाशित

नेपालको संविधान अब सबैको हातहातमा, पकेट संविधान प्रकाशित


काठमाडौं, कात्तिक ६: नेपालको संविधान, २०७२ लाई आम नेपालीको हातहातमा पुर्याउन सरकारले पहिलो पटक सानो साइजमा ‘पकेट संविधान’ प्रकाशित गरेको छ। सर्वोच्च अदालत, विभिन्न मन्त्रालय र सरोकारवालालगायत अधिकांश निकायले पकेट संविधान प्रकाशित गर्न आग्रह गरेपछि कानुन किताब व्यवस्था विभागले पकेट संविधान प्रकाशित गरेको हो।

यसअघि संविधान जारी भएलगत्तै विभागले निःशुल्क वितरण गर्ने गरी २० हजार प्रति प्रकाशित गरेको थियो।‘पकेटमा बोक्न मिल्ने गरी सानो आकारमा पकेट संविधान प्रकाशित गरेका हौं।’ –विभागका कार्यकारी निर्देशक विनोदकुमार भट्टराईले भने । विभागले दुई हजार प्रति छपाइ गरेको छ।

संविधान जारी भएलगत्तै सरकारले देशको संविधान सबै नेपालीको हात–हातमा पुर्याउने घोषणा गरेको थियो। सोहीअनुसार पकेट संविधान प्रकाशित गरेको विभागको भनाइ छ। पकेट संविधान प्रकाशित गरेपछि सो संविधान खरिद गर्ने ग्राहकको संख्या ह्वात्तै बढेको बताइएको छ। यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।

प्रकाशित मिति : २०७६, ६ कार्तिक बुधबार  ७ : ४१ बजे

प्रधानमन्त्रीसँग संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप

आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

राइड सेयरिङमा बढी भाडा लिए जानकारी दिन नेपाल प्रहरीको अनुरोध

काठमाडौं । यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ

राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो

गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता :अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतान्त्रिक