२०८२, १२ माघ सोमबार

शक्तिमा रहेकाहरू नै धमाधम पक्राउ : निरन्तरता पाउला कानुनी राजका यस्ता शृंखलाले ?

शक्तिमा रहेकाहरू नै धमाधम पक्राउ : निरन्तरता पाउला कानुनी राजका यस्ता शृंखलाले ?


काठमाडौं, असोज ३० : नेपाली समाजमा वर्षांैदेखि परिचित एउटा यथार्थपरक उखान छ ‘सानालाई ऐन ठूलालाई चैन ।’ यो उखानले लोकतन्त्रलाई गिज्याइरहँदा पछिल्लो समयमा भने उच्च स्तरका व्यक्ति नै धमाधम पक्राउ पर्नुले कानुनी राजको अनुभूत हुन थालेको पाइएको छ ।

शक्तिमा रहेकाले जतिसुकै अपराध गरे पनि कारबाही नहुने प्रवृत्ति लामो समयदेखि रहँदै आयो । तर, वर्तमान सरकारले अपराध कर्म गरेका र शक्तिमा रहेकालाई समेत धमाधम पक्राउ गर्न थालेपछि भने केही आशा पलाएको छ तर कानुनी राजका यस्ता शृंखलाले निरन्तरता पाउलान् ? सर्वत्र चासोका साथ यस्तै प्रश्न सोध्न थालिएको छ ।

जनताबाट विश्वासको मत पाएर निर्वाचित भएपछि माननीय (सांसद) बनेका वा त्यसअघि उनीहरूले गरेका गलत क्रियाकलापको धमाधम भेद खुल्न थालेपछि उनीहरू पक्राउ पर्ने शृंखला बढेको हो । विगतमा राजनीतिक शक्तिका आडमा विभिन्न गतिविधिमा सक्रिय रहेका सांसद तथा नेताविरुद्ध परेका उजुरीउपर प्रहरीले धमाधम एक्सन लिन थालेपछि उनीहरू पक्राउ परी कानुनी प्रक्रियामा आउन थालेका हुन् ।

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा यौन दुव्र्यवहारको आरोपमा १९ असोजमा पक्राउ परेपछि अन्य माननीयहरू तथा शक्तिमा रहेका अन्य विरुद्ध परेका उजुरीउपर समेत प्रहरीले धमाधम पक्राउ पुर्जी जारी गर्न थालेको छ भने केही सांसद पक्राउ परिसकेका छन् । तत्कालीन माओवादीबाट दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका महरा यौन दुव्र्यवहारको आरोपपछि हाल प्रहरी हिरासतमा छन् । उनीमाथि प्रहरीले हिरासतमा नै राखेर अनुसन्धान अघि बढाइरहेको छ ।

महरालाई अनुसन्धान गर्न थप गरिएको पछिल्लो म्याद आज (बिहीबार) सकिँदै छ ।महरापछि नेपाली कांग्रेसका तर्फबाट रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित मोहम्मद अफताब आलम समेत प्रहरी हिरासतमा पुगेका छन् । उनीमाथि १२ वर्षअघि पहिलो संविधानसभा चुनावका समयमा बम विस्फोटका घाइतेलाई इँटाभट्टामा हालेर मारेको अभियोग छ । प्रहरीले कांग्रेस सांसद आलमलाई २६ असोजमा रौतहटबाटै पक्राउ गरेको थियो । उनीमाथि समेत जिल्ला अदालत रौतहटबाट म्याद थप गरेर अनुसन्धान हुँदै छ ।

नेपाल प्रहरीका पूर्वएआईजी गंगा पाण्डे लोकतान्त्रिक देशहरूमा कानुनभन्दा माथि कोही नहुने र गल्ती गरेपछि कानुनी दायरामा आएर सजायको भागी हुनैपर्ने बताउँछन् । ‘लोकतान्त्रिक देशमा कानुनभन्दा माथि कोही हुँदैन, गल्ती गरेपछि ढिलोचाँडो कानुनी दायरामा आउनैपर्छ, कानुन कार्यान्वयन गर्ने निकायबाट त्यो किसिमको भेदभाव हुनु पनि हुँदैन,’ पूर्व एआईजी पाण्डेले राजधानीसँग भने ।

सांसद पक्राउकै शृंखलामा अर्को पात्र राष्ट्रिय जनता पार्टी (राजपा) का तर्फबाट सर्लाही निर्वाचन क्षेत्र नम्बर १ बाट निर्र्वािचत प्रमोदकुमार साहसमेत बनेका छन् । उनलाई प्रहरीले २८ असोजमा काठमाडौंबाट पक्राउ गरेको थियो । जनकपुर विमानस्थलमा बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको आरोपमा प्रहरीले साहलाई पक्राउ गरेको हो । उनलाई प्रहरीले जनकपुरमा नै हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । उनलाई काठमाडौं विमानस्थलबाट पक्राउ गरेर जनकपुर लगिएको थियो । राजधानी दैनिकले खबर छापेकाे छ ।

प्रकाशित मिति : २०७६, ३० आश्विन बिहीबार  ७ : ५० बजे

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै

महेश्वर दाहाललाई चुनावी प्रचार प्रसारमा स्वस्फूर्त आर्थिक सहयोग जुट्दै

सिन्धुली । आगामी फागुन २१ गते हने प्रतिनिधसभा निर्वाचनमा सिन्धुली

जनमुक्ति सेनाका पूर्व बिग्रेड कमाण्डरले उठाए प्रश्न : केन्द्रको निर्णय वैध छ ?

सिन्धुली: नेपाल कम्युनिष्ट पार्टीेकपा (नेकपा) भित्र निर्णय प्रक्रिया र पार्टी

सिन्धुलीको कमलामाईमा बढ्यो चुनाबी सरगर्मी, काँग्रेस छोड्दै एमाले प्रवेश

सिन्धुली: कमलामाई नगरपालिका अन्तर्गत विभिन्न वडाबाट नेपाली काँग्रेस परित्याग गरी