२०८२, १ माघ बिहीबार

ऋणमा डुब्दै भूकम्पपीडित, बैंक र सहकारीले नपत्याएपछि गाउँकै साहुसँग ४० प्रतिशतसम्म ब्याजमा ऋण

ऋणमा डुब्दै भूकम्पपीडित, बैंक र सहकारीले नपत्याएपछि गाउँकै साहुसँग ४० प्रतिशतसम्म ब्याजमा ऋण


काठमाडौं, असोज ३० : भोटेकोसी गाउँपालिका, सिंगेरीका सुकवीर विकलाई घर ठडिन लागेसँगै ऋणले पिरोल्न थालेको छ । सामग्री र कामदार अभावकैबीच काम थालेका उनले झ्याल हाल्दासम्म ५ लाख रुपैयाँ खर्चिएका छन् । ‘तिखेर घरकै लागि भनेर आँटेर ३६ प्रतिशत ब्याजमा ३ लाख ऋण पनि लिइयो, अहिले कसरी तिर्ने भनेर आत्तिन थालेको छु,’ विकले भने । आभास अनुदानको दुई लाख लिँदासमेत घर बनाउन हम्मे परेको उनले सुनाए ।

दुई रोपनी खेतबारी मात्रै रहेका विक सिकर्मी काम गर्छन् । पत्नी, छोराछोरीसहित चार जनाको पारिवार पाल्नु छ । ‘नुनतेल, मरमसलामै मासिक ५ हजारभन्दा बढी खर्च हुन्छ, कमाएको रकम घरमै सकिन्छ, कसरी ऋण तिर्नु हजुर,’ उनले भने । भोटेकोसी–१, पाउँगुम्बाका कामी शेर्पा बैंक र सहकारीले नपत्याएपछि साहुसँग वार्षिक २४ प्रतिशत ब्याजदरमा चार लाख ऋण लिन बाध्य भए । यस्तै छ यहाँका भूकम्पपीडितहरुको अवस्था छ ।

बैंक र सहकारीले नपत्याएपछि कतिपयले गाउँकै साहुसँग ४० प्रतिशतसम्म ब्याजमा ऋण लिएर घर ठड्याउँदै छन् । अब उनीहरुलाई ऋण कसरी तिर्ने भन्ने चिन्ता छ । उनीहरुले सरकारले दिएको अनुदान घर बनाउन अपर्याप्त भएको गुनासो गरेका छन् । यो समाचार कान्तिपुर दैनिकमा अनिश तिवारीले लेखेका छन् ।

प्रकाशित मिति : २०७६, ३० आश्विन बिहीबार  ६ : ५६ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा