२०८२, २४ चैत्र बुधबार

फरहदवामा आलम आतंकः गाउँमा प्रहरीसमेत हिँड्न डराउँछन् !

फरहदवामा आलम आतंकः गाउँमा प्रहरीसमेत हिँड्न डराउँछन् !


काठमाडौं, असोज ३० : रौतहट सदरमुकाम गौरस्थित जिल्ला प्रहरी कार्यालयबाट ११ किमि पश्चिममा छ फरहदवा गाउँ। हाल राजपुर नगरपालिका–२ मा पर्ने सो गाउँका बासिन्दा शेख इद्रिसको घरमा २७ चैत ०६४ को साँझ ६ः१५ मा भएको थियो बम विस्फोट। १२ वर्षपछि बुधबार अपरान्ह फरहदवा गाउँ पुग्दा सन्नाटा थियो। इलाका प्रहरी कार्यालय राजपुरमा प्रहरी खचाखच थिए।

१५ जनाको दरबन्दी भएको कार्यालयमा ९० जनाको फौजले भरिँदा प्रहरी कार्यालय अस्तव्यस्त थियो। खासमा मोहमद अफ्ताव आलमको आतंक भएको सो क्षेत्रमा प्रहरी पनि सानो समूहमा हिँड्न डराउँछन्। अझ उनलाई गिरफ्तार गरेपछि सो क्षेत्रमा अशान्ति मच्चिने र प्रहरी कार्यालयमा समेत आक्रमण हन सक्ने आशंकाले प्रशासनले प्रहरीको फौज बढाएको छ भन्ने खबर नागरिक दैनिकमा छ।

प्रदेश राजधानी जनकपुरबाट समेत प्रहरी मगाइएका छन्। अझ आलमलाई पक्राउ गर्दा त राज्यले ठूलै जोखिम लिए जस्तो अवस्था थियो। किनकि उनलाई पक्राउ गर्ने नेपाल प्रहरीको टोलीलाई साथ दिन शसस्त्र प्रहरी र नेपाली सेनाको टोली पनि स्ट्याण्डबाई थियो। ठाउँ अभावमा इलाका प्रहरी कार्यालय परिसरमा पाल टाँगेर प्रहरी सुन्ने गरेका छन्। आलम आतंको कारण सानो भ्यानमा होइन, ट्रक भरेर मात्र प्रहरीले गस्ती गर्ने गरेको छ।

प्रकाशित मिति : २०७६, ३० आश्विन बिहीबार  ६ : ५२ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि