२०८२, १२ पुस शनिबार

मण्डनदेउपूरमा प्रथम मेयरकप भलिबल प्रतियोगिता हुँदै

मण्डनदेउपूरमा प्रथम मेयरकप भलिबल प्रतियोगिता हुँदै


काभ्रे, २९ असोज: मण्डनदेउपूर नगरपालिकामा पालिका स्तरिय प्रथम मेयरकप भलिबल प्रतियोगिता हुने भएको छ । शुभदीपावली तथा नेपाल संवतको अवसर पारेर आगामी कार्तिक ५ गते देखि ८ गते सम्म सो प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा काभ्रे जिल्लाका १३ वटै स्थानियतहहरुको सहभागिता रहने छ ।

प्रतियोगितामा जिल्लाका ६ वटा नगरपालिका र ७ वटा गाउँपालिका भित्रका टिमहरुलाई दर्ताका लागि आव्हान गरिएको छ । टिम दर्ता गर्ने अन्तिम मिती कार्तिक ४ गते सम्मको लागि तोकिएको छ । टिम दर्ताको लागि शुल्क ३ हजार राखिएको छ । यस प्रतियोगितामा १३ वटा स्थानियतहका जति पनि टिम दर्ता हुन पाइनेछ ।

प्रतियोगितामा प्रथम हुने टिमले ५५ हजार ५५५ , दोस्रो हुनेले ३३ हजार ३३३ तथा तेस्रो हुने टिमले २२ हजार २२२ नगद , प्रमाणपत्र तथा शिल्ड पुरस्कार पाउने आयोजकले जनाएको छ । काभ्रे जिल्ला पालिका स्तरिय प्रथम मेयरकप भलिबल प्रतियोगिता , मण्डनदेउपूर नगर कमिटीको आयोजनामा प्रतियोगिता हुन लागेको हो । खेल मण्डनदेउपूर नगरपालिका वडा नं. ७ मा हुनेछ ।

प्रकाशित मिति : २०७६, २९ आश्विन बुधबार  ९ : ५२ बजे

जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटार पुगे ओली

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

आलितालमा जिप र अटो ठोक्किँदा एकको मृत्यु, एक घाइते

अमरगढी । जिल्लाको रामपुरमा शुक्रबार राति आलिताल गाउँपालिका–४ जाल्टुडामा जिप

सुदूरपश्चिम प्रदेश सभा बैठक अझै बस्न सकेन, पाँच विधेयक अलपत्र

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक जेनजी आन्दोलनपछि चार महिनासम्म बस्न

आज शनिबार, शनि देवको पूजा-आराधनामा श्रद्धालु

काठमाडौं । आज शनिबार परेकाले देशभर शनि देवको पूजा–आराधना गर्ने

शुक्रबारभन्दा घट्यो शनिबार बिहानको काठमाडौंको तापक्रम

काठमाडौं । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम हिजोको तुलनामा घटेको