२०८३, १८ भाद्र शुक्रबार

मण्डनदेउपूरमा प्रथम मेयरकप भलिबल प्रतियोगिता हुँदै

मण्डनदेउपूरमा प्रथम मेयरकप भलिबल प्रतियोगिता हुँदै


काभ्रे, २९ असोज: मण्डनदेउपूर नगरपालिकामा पालिका स्तरिय प्रथम मेयरकप भलिबल प्रतियोगिता हुने भएको छ । शुभदीपावली तथा नेपाल संवतको अवसर पारेर आगामी कार्तिक ५ गते देखि ८ गते सम्म सो प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा काभ्रे जिल्लाका १३ वटै स्थानियतहहरुको सहभागिता रहने छ ।

प्रतियोगितामा जिल्लाका ६ वटा नगरपालिका र ७ वटा गाउँपालिका भित्रका टिमहरुलाई दर्ताका लागि आव्हान गरिएको छ । टिम दर्ता गर्ने अन्तिम मिती कार्तिक ४ गते सम्मको लागि तोकिएको छ । टिम दर्ताको लागि शुल्क ३ हजार राखिएको छ । यस प्रतियोगितामा १३ वटा स्थानियतहका जति पनि टिम दर्ता हुन पाइनेछ ।

प्रतियोगितामा प्रथम हुने टिमले ५५ हजार ५५५ , दोस्रो हुनेले ३३ हजार ३३३ तथा तेस्रो हुने टिमले २२ हजार २२२ नगद , प्रमाणपत्र तथा शिल्ड पुरस्कार पाउने आयोजकले जनाएको छ । काभ्रे जिल्ला पालिका स्तरिय प्रथम मेयरकप भलिबल प्रतियोगिता , मण्डनदेउपूर नगर कमिटीको आयोजनामा प्रतियोगिता हुन लागेको हो । खेल मण्डनदेउपूर नगरपालिका वडा नं. ७ मा हुनेछ ।

प्रकाशित मिति : २०७६, २९ आश्विन बुधबार  ९ : ५२ बजे

सिन्धुलीमा नेवार समुदायको विविध साँस्कृतिक कार्यक्रम (फोटो फिचर)

सिन्धुली: कृष्ण जन्माष्टमीको अवसरमा सिन्धुलीमाढीमा नेवार समुदायले लाखे नाच, रोपाई

किन मनाइन्छ श्रीकृष्ण जन्माष्टमी ? यस्तो छ धार्मिक महत्व

काठमाडौं । भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने कृष्ण जन्माष्टमी हिन्दू

ताप्लेजुङ गोल्डकपको उपाधिको लागी अजा सलहेस र फिदिमबिच प्रतिसप्रर्धा 

ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनल

बाढी प्रभावितको उद्धारमा सरकार गम्भीर रुपमा चुकेको छ : सुवास चन्द्र बराल

काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसनका अध्यक्ष इन्जिनियर सुवासचन्द्र बरालले भोटेकोशी

श्रीकृष्ण जन्माष्टमी : पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

ललितपुर । भगवान् श्रीकृष्णको जन्मदिवसका रूपमा मनाइने श्रीकृष्ण जन्माष्टमीका अवसरमा देशभरका कृष्ण