२०८२, २४ भाद्र मंगलबार

चिन सरकारले नेपालको विकासमा ५६ अर्ब सहयोग गर्ने घोषणा

चिन सरकारले नेपालको विकासमा ५६ अर्ब सहयोग गर्ने घोषणा


काठमाडौं २५ असोज : नेपाल भ्रमणमा रहनु भएका चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको विकासमा सहयोग गर्ने घोषणा गर्नुभएको हो । समकक्षी विद्यादेवी भण्डारीसँगको भेटवार्तामा उहाले तीन वर्षभित्र ५६ अर्ब सहयोग रकम उपलब्ध गराउने घोषणा गर्नुभएको हो ।

राष्ट्रपति भवन शितल निवासमा भएको भेटलाई सम्वोधन गर्दै राष्ट्रपति सीले विमानस्थलमा आफुलाई गरिएको स्वागतको खुलेर प्रशंसा गर्नुभयो । आफु र चिनलाई विमानस्थलमा गरिएको स्वागतको खुलेर प्रसंशा गर्दै सास्कृतिक कार्यक्रमबाट आफु प्रभावित भएको बताउनु भयो । ‘आफुलाई गरिएको स्वागतबाट चिनियाँ जनताप्रति नेपाली जनताले देखाएको लगावको अनुमान गर्न सकिन्छ’, उहाले भन्नुभयो ।

नेपालले समृद्ध नेपाल सुखी नेपालीको नारालाई वर्तमान नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको सरकारले पुरा गर्ने विश्वास लिएको बताउदै नेपालको सो पहलमा सहयोग गर्न चिन तयार रहेको उल्लेख गर्नुभयो ।

मन्त्रीहरुसमेत सहभागी रहेको द्विपक्षीय छलफलमा उहाले सन् २०२० देखी २०२२ सम्मको अवधिमा नेपाललाई करिव ५६ अर्ब बराबरको आर्थिक सहयोग गर्ने पनि घोषणा गर्नुभयो । नेपालले एक चीन नीति प्रति देखाएको अडान प्रसंशा योग्य रहेको राष्ट्रपति सीले बताउनु भयो ।

प्रकाशित मिति : २०७६, २५ आश्विन शनिबार  ११ : १७ बजे

प्रहरीले आन्दोलन नियन्त्रण गर्न सकेन, थुनुवा छाडेर सादा पोशाकमा बाहिरिए

काठमाडौं । राजधानी उपत्यकामा जारी आन्दोलनले असामाजिक गतिविधिहरू बढेपछि प्रहरीले

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले दिए पदबाट राजीनामा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा

सुजन कडरियाले अखिल अध्यक्ष पदबाट दिए राजीनामा,

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्ववियु) का अध्यक्ष

एमाले मुख्यालय च्यासलमा तोडफोड र आगजनी

काठमाडौं । देशभर फैलिएको जेनजी पुस्ताको आन्दोलनको दोस्रो दिन राजधानी

प्रदर्शनकारीले तोडफोड र आगजनी गरेपछि कलंकीमा गोली चल्यो

काठमाडौं । काठमाडौको कलंकीमा गोली चलेको छ । प्रदर्शनकारीहरूले तोडफोड