२०८३, ३० जेष्ठ आईतबार

चिनियाँ राष्ट्रपतिको भ्रमणबाट नेपालले बहुआयायिक लाभ लिन्छ : प्रचण्ड

चिनियाँ राष्ट्रपतिको भ्रमणबाट नेपालले बहुआयायिक लाभ लिन्छ : प्रचण्ड


चितवन, २४ असोज: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपतिको भ्रमणबाट बहुआयामिक लाभ हासिल गरिने बताउनुभएको छ । नेकपा चितवनले आज माडीमा आयोजना गरेको दिवारक स्मृति ग्रन्थ विमोचन तथा दिवाकर भुसालको पूर्णकदको शालिक अनावरण समारोहलाई सम्बोधन गर्दै उहाँले राष्ट्रपति सी चीनफिङको भ्रमण नेपालका लागि उच्च महत्वको हुने बताउनुभयो ।

नेपाल, चीन र भारतमा यति बेला सशक्त र शक्तिशाली सरकार रहेको र यस्तो परिस्थितिमा हुन लागेको भ्रमण केवल केही समय आउने र जानेमा मात्र सीमित नहुने विश्वास व्यक्त गर्नुभयो । फरक प्रसङ्गमा उहाँले माडी क्षेत्रको विकासका लागि आफूले सरकार, निकुञ्ज र कर्मचारीसँंग छलफल गरिरहेको उहाँको भनाइ थियो । यस क्षेत्रको विकास संवेदनशील, महत्वपूर्ण र चुनौतीपूर्ण छ भन्दै उहाँले भन्नुभयो, “यस क्षेत्रको विकासका लागि जति चुनौती छ त्यति नै महत्वपूर्ण रहेको छ जसका लागि म निरन्तर लागिरहेको छु ।” अध्यक्ष दाहालले पार्टीले छिट्टै महाभियान सञ्चालन गर्ने तयारी गरिरहेको बताउँदै सम्पूर्ण नेता कार्यकर्ता र शुभचिन्तकलाई त्यसमा जुट्न आग्रह गर्नुभयो ।

कार्यक्रममा पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले भुसाल एक आदर्श नेता मात्र नभएर कम्युनिष्टका धरोहर रहेको बताउँदै उहाँको आदर्श पूरा गर्न सिङ्गो पार्टी लाग्नुपर्नेमा जोड दिनुभयो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भुसालले समाज र पार्टीलाई छाडेर जानुभएको आदर्शलाई व्यवहारमा उतार्दै अगाडि बढ्दा मात्र उहाँप्रति सच्चा सम्मान हुने बताउनुभयो । पार्टीको एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको छ भन्दै उहाँले अब एकीकृत पार्टीका सारा शक्ति र सरकार राष्ट्र निर्माण लगाइने बताउनुभयो ।

कार्यक्रममा नेकपाका जिल्ला इञ्चार्ज कृष्ण खनाल, माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकाललगायतले भुसालको योगदानबारे चर्चा गर्नुभएको थियो । जिल्ला अध्यक्ष यमबहादुर परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्मृति ग्रन्थ तयारीमा लाग्नुभएका पत्रकार नारायणप्रसाद सापकोटा र शालिक निर्माणमा लाग्नुभएका महानुभावलाई सम्मान गरिएको थियो । यसअघि अध्यक्ष दाहालले माडीको बघौडामा रहेको बघौडा अस्पतालको शल्यक्रिया भवन उद्घाटन गर्नुभएको थियो । सो अवसरमा उहाँले अस्पताललाई १५ शय्याबाट ५० शय्याको बनाउन पहल गरिने प्रतिबद्धता जनाउनुभएको थियो ।

प्रकाशित मिति : २०७६, २४ आश्विन शुक्रबार  ६ : ११ बजे

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क

रोपाइँको मुखमा किसानलाई मल–बीउ उपलब्ध गराउन एमालेको माग

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीले धान रोपाइँ तथा

सीमादेखि संसदसम्म सरकार विवादमा, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन एमालेको चेतावनी

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय स्वाधीनता, श्रमिक अधिकार र लोकतान्त्रिक

बजेट छेडखानी प्रकरणमा एमालेको चुनौती : ‘दूधको दूध, पानीको पानी गर्न तयार छौँ’

काठमाडौं । नेकपा एमालेका सांसद गुरु बराल ले अर्थमन्त्री स्वर्णिम

प्रधानमन्त्रीको मौनता र अर्थमन्त्रीको धम्कीमाथि : केसीको आक्रोश

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी ले संसद्प्रति सरकारको