२०८२, १३ फाल्गुन बुधबार

दशैँलाई लक्षित गरी पच्चीस हजार भेडाच्याङ्ग्रा निकासी

दशैँलाई लक्षित गरी पच्चीस हजार भेडाच्याङ्ग्रा निकासी


म्याग्दी १७ असोज : दशैँलाई लक्षित गरी मुस्ताङबाट २५ हजार भेडाच्याङ्ग्रा निकासी भएको छ । मुस्ताङ, डोल्पा, मुगु, जुम्लाबाट ल्याइएको भेडाच्याङ्ग्रा म्याग्दी हुँदै देशका विभिन्न ठाउँमा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले जनाएको छ ।

पाँच हजार भेडा र २० हजार च्याङ्गा निकासी भएको केन्द्रका प्रमुख पशु चिकित्सक नारायण कसुमले बताउनुभयो । भेडाच्याङ्ग्राबाट मुस्ताङमा करीब रु ४० करोड भित्रिएको छ । म्याग्दी र मुस्ताङको सिमानामा पर्ने घाँसा प्रहरी चौकीले भेडा च्याङ्ग्राको तथ्याङ्क राख्ने गरेको छ ।

पोखरा, काठमाडाँ चितवन, तनहुँ, लमजुङ, स्याङ्जा, पर्वत, बागलुङ, पर्वत र म्याग्दीलगायत जिल्लामा भेडाच्याङ्ग्रा निकासी भएको उहाँले बताउनुभयो । पशु सेवा विभागले निकासी हुने भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षणका लागि पाँच जना पशु चिकित्सकलाई खटाएको थियो ।

‘भेडाच्याङग्राको स्वास्थ्य परीक्षण गरेर, स्वस्थ भएकालाई प्रमाणित गरेर मात्र बजारमा पठाइएको छ”, उहाँले भन्नुभयो “निकासी भएका मध्य धेरै भेडाच्याङ्ग्रा मुस्ताङका कृषकले पालेका हुन् ।”

खाद्य संस्थानले दुई हजार भेडाच्याङ्ग्रा काठमाडौँ लगेको छ । मुस्ताङबाट हिँडाएर बेनी ल्याइएका भेडाच्याङ्ग्रा यहाँबाट ट्रकमा राखेर काठमाडौँ लगिएको हो । देशका विभिन्न ठाउँका ब्यापारीहरु भेडाच्याङ्ग्रा खरीद गर्न असोज पहिलो सातानै मुस्ताङ पुगेका थिए ।

गत वर्ष १६ हजार पाँच सय भेडाच्याङ्ग्रा निकासी भएको थियो । जसमध्ये खाद्य संस्थानले ९२५ वटा काठमाडौँ लगेको छ । प्रति रोज्जा च्याङ्ग्रा रु २५ हजारका दरले खरीद गरेको ब्यापारी दुर्गा थापाले बताउनुभयो ।

“अघिल्लो वर्षभन्दा किन्दानै तीनदेखि चार हजारले बढी तिर्नुप¥यो”, थापाले भन्नुभयो “चार पाँच ठाउँमा स्थानीय तह पिच्छेनै कर तिरेका छौँ ।” मुस्ताङको तीन ठाउँमा डेढ सय रुयैयाँका दरले कर तिरेको ब्यापारी हमाल गुरुङले बताउनुभयो ।

बजारमा जिउँदा रोज्जा च्याङग्रा रु ३० हजारसम्ममा बिक्री भएको छ । प्रतिकिलो च्याङ्ग्राको मासु रु एक हजार ४०० पुगेको छ । च्याङग्रा खरीद गर्न लागेका मिलनचोकका थमप्रसाद कँडेलले वर्षेनी मूल्य बढेकोमा गुनासो गर्नुभयो । च्याङ्ग्रा कम आउनु, बढ्दो करका कारणले पनि च्याङ्ग्रा महँगिँदै गएको छ ।

छुसाङका कृषक थाक्पा गुरुङ हिमपातका कारण च्याङ्ग्रा मरेको, तिब्बत र डोल्पाबाट कम आएको बताउनुभयो । बजारमा माग बढेको तर उत्पादन कम भएकाले मूल्य बढेको उहाँले जानकारी दिनुभयो । त्यस्तै च्याङ्ग्राको मूल्य वृद्धि भए पनि उपभोक्ताले दशैँमा खोजीखोजी उपभोग गर्छन् । हिमाली हावापानीमा जडीबुटी खाएर हुर्केको हुनाले च्याग्राको मासु स्वादिष्ट मानिन्छ ।

यार्सागुम्बा, जटामसी, निरमसी, जिम्बुलगायत जडिबुटी पाइने खर्कहरुमा भेडाच्याङ्ग्रा चर्ने गरेको कृषक राजकुमार गुरुङले बताउनुभयो । मुस्ताङको मुक्तिनाथ, कागबेनी, छुसाङ, जोमसोम, चैले, घमी, चराङ, लोमान्थाङलगायतका ठाउँका कृषकहरुले व्यावसायिक च्याङ्ग्रा पालन गर्छन् । यो वर्ष करीब रु ४० करोड मूल्य बराबरको भेडाच्याङ्ग्रा निकासी भएको अनुमान गरिएको छ ।  रासस
––

प्रकाशित मिति : २०७६, १७ आश्विन शुक्रबार  ७ : ०१ बजे

शंकर पोखरेलको विकास दृष्टि : संरचना,स्थायित्व र समृद्ध भविष्यको रणनीतिक मार्गचित्र

राजनीतिमा प्रतिबद्धता धेरैले व्यक्त गर्छन् । तर त्यसलाई योजनाबद्ध दृष्टि,

हरिहरपुरगढीका वडाहरुमा एमालेप्रति देखियो उत्साह

सिन्धुली । नेकपा एमाले हरिहरपुरगढी गाउँपालिका ६ मा एमालेको निर्वाचन

निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने

काठमाडौं । सरकारले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन का क्रममा खटिने

ओलीलाई “सिङ्गो गाउँ” उपहार, बारसुदीका ४०० मतदाता एमाले प्रवेश

गौरीगञ्ज । केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एमाले

नेताहरूनैं मतदान अधिकृत !

सिन्धुली । सिन्धुली क्षेत्र नंं २ को निर्वाचन कार्यालय खटाएको