२०८३, २ आश्विन शनिबार

नेपाल तीन वर्षभित्र विकासशील मुलुकको सूचीमा : मन्त्री बाँस्कोटा

नेपाल तीन वर्षभित्र विकासशील मुलुकको सूचीमा : मन्त्री बाँस्कोटा


काभ्रेपलाञ्चोक १६ असोज :  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आगामी तीन वर्षभित्र नेपाल विकासशील मुलुकमा सूचीकृत हुने दाबी गर्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेपा नगरद्वारा चाडपर्वको अवसरमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै विकासका कामलाई तीव्रता दिँदै तीन वर्षभित्र नेपाल विकासशील मुलुकमा सूचीकृत हुने दाबी गर्नुभएको हो ।

मन्त्री बाँस्कोटाले भन्नुभयो,“हामीलाई गरीबी चुनौती बनेको छ, सरकारले क्रमैसँग गरीबी निवारण गर्न रोजगारी सिर्जना, सीप, विकास, प्राविधिक शिक्षा तथा जीवनलाई सजिलो बनाउन सेवा क्षेत्रलाई प्रभावकारी बनाउने कार्यक्रम ल्याउँछ ।” उहाँले सरकारको ‘सुखी नेपाली, समृद्ध नेपाल’ को अवधारणासँगै देशको १८ प्रतिशत गरीबीलाई क्रमैसँग घटाउँदै लगिने पनि बताउनुभयो ।

मन्त्री बाँस्कोटाले सरकार सुन्दर नेपाल, सुखी, स्वाधीन, आत्मनिर्भर नेपाल बनाउने अभियानमा दत्तचित्त भएको बताउनुभयो । “हामी सकारात्मक आलोचना ग्रहण गरी जनतालाई एकाकार गर्दै मुलुक निर्माणको महाअभियानमा छौँ” उहाँले भन्नुभयो । समाजमा आर्थिक अवस्था कमजोर भएको वर्ग, अप्ठेरोमा परेको वर्गलाई माथि उठाई समान बनाउन सरकार लागिपरेको उल्लेख गर्दै उहाँले अहिले नेताको आफ्नो सफलता नभइ जनताको आफ्नो पसिना, बुद्धिविवेकको मूल्यको सफलता भएको उल्लेख गर्नुभयो ।

मन्त्री बाँस्कोटाले वर्तमान समय विकास निर्माणको समय भएकाले समृद्ध नेपालतर्फ लम्किने जोकोही कतै अल्मलिनु नहुने बताउनुृभयो । उहाँले भन्नुभयो, “काग कराउँदै गर्छ, कसैले स्याल हुइँया मच्चाए पनि सरकारको अभियानमा रोकतोक हुन्न, तपाईहरु ढुक्क हुनुहोस् ।” सरकारको यो शिलान्यासको वर्ष र अर्को उद्घाटनका वर्ष भएको चर्चा गर्दै २२ वर्ष सत्ता चलाउनेको ‘रिजल्ट’ नचाहिने वर्तमान सरकारको एक वर्षमै रिजल्ट चाहियो भन्नु गलत हुने उहाँले जिकिर गर्नुभयो ।

मन्त्री बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) न्यायपूर्ण सोचाइ, दृष्टिकोण, समतामूलक विकास गर्ने राजनीतिक इच्छाशक्ति भएको पार्टी भएको दाबी गर्नुभयो । “व्यक्तिले गरेको गल्तीको भागीदार स्वयं व्यक्तिनै हुन्छ, पार्टी भनेको ठूलो महत्व बोकेको संवेदनशील सङ्गठीत संस्था हो” उहाँले भन्नुभयो । आर्थिक रुपान्तरण, मुलुक परिवर्तन, सुख–शान्ति समाजवाद स्थापनाका लागि पार्टीले काम गर्ने उहाँले बताउनुभयो ।

मन्त्री बाँस्कोटाले वर्तमान प्रधानमन्त्री कुनै महाराजाको छोरा नभइ स्वतन्त्रताका लागि लडेको, लामो जेलजीवन बिताएको व्यक्ति भएको बताउनुभयो । उहाँले भन्नुभयो,“उहाँ हली–किसानको छोरा हुनुहुन्छ, उहाँलाई जनताका दुःखपीर मर्का सबै अनुभव छ, तीनलाई कसरी सुखी र खुशी बनाउने भनेर उहाँ सोचिरहनुहुन्छ, हामी पनि उहाँको सपनालाई साकार पार्ने अभियानमै छौँ ।” उहाँले अघिल्लो पुस्ताको ज्ञान लिन सबै स्थानीय तहमा ज्ञान हस्तान्तरण केन्द्र खोल्ने तयारीमा रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य गोमा भुर्तेल, बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिंह वादे, नेकपाका नेता रामहरि सुवेदी, हरिदेव गिरी, भैरव केसी, कुमार तिमल्सिना, मुक्ति विष्टलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । रासस

प्रकाशित मिति : २०७६, १६ आश्विन बिहीबार  ५ : २८ बजे

सुनको भाउमा फेरि ठूलो उछाल, तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो

काठमाडौ । नेपाली बजारमा सुनको मूल्यले फेरि ठूलो उछाल लिएको छ।

इरानी राष्ट्रपति पेजेस्कियानलाई अमेरिकाको भिसा, महासभामा सहभागी हुन न्यूयोर्क जाँदै

काठमाडौं। अमेरिका र इरानबीच तनाव चर्किरहेका बेला अमेरिकी सरकारले इरानी राष्ट्रपति मसुद

डेढ अर्बको हुण्डी कारोबार आरोपमा विराटनगरका दुई जना पक्राउ

विराटनगर । एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको हुण्डी कारोबार गरेको

प्रधानमन्त्री बालेन हुन कि रवि लामिछाने हुन भन्नेमा कन्फूजन छ : गणेशबहादुर विश्वकर्मा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य गणेशबहादुर विश्वकर्माले वर्तमान

क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो : अजय विक्रम थापा

पछिल्लो समय नेपालमा क्यासिनोको संख्या बढ्दै छ, तर ठूला लगानी