२०८२, २५ भाद्र बुधबार

महराको अर्को राजीनामा आयो, सभामुख पद खाली

महराको अर्को राजीनामा आयो, सभामुख पद खाली


काठमाडौं, १५ असोज: यौन हिंसाको आरोप लागेको सभामुख कृष्णबहादुर महराले अर्को राजीनामा पनि पेश गरेका छन् । संसद सचिवालयकी कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेसँगै उनी गम्भीर विवादमा मुछिएका थिए । यसअघि ससर्त राजीनामा बुझएका महराले संसद सचिवालयमा अर्को निःशर्त राजीनामा पत्र पनि बुझाएका हुन्। गत आइतबार राति संसद सचिवालयकै कर्मचारी रोशनी शाहीमाथि यौनहिंसा गरेको आरोप लागेपछि महराले मंगलबार शर्तसहितको राजीनामा उपसभामुख शिवमाया तुम्बाहाम्फे समक्ष सभामुख पदबाट राजीनामा बुझाएका थिए । राजीनामा पत्रमा छानवीनबाट दोषी प्रमाणित नभए पुनः सभामुखमा फर्कन सकिने आसय व्यक्त गरिएको थियो । यसप्रति चौतर्फी विरोध भइरहेका बेला उनले निःसर्त राजीनामा पेश गरेका हुन् ।

महराले सभामुखबाट दिएको राजीनामाको व्यहोरा सच्च्याएर दोस्रो पत्र बुझाएका हुन् । पहिलो राजीनामामा शर्त राखेका उनले दोस्रो राजीनामामा शर्त हटाएपछि संसद सचिवालयले उनको पद रिक्त भएको सूचना सार्वजनिक गरेको छ। सचिवालयले आफ्नो वेबसाइटबाट महराको फोटो पनि हटाएको छ । सुरुमा बुझाएको राजीनामामा छानवीन प्रक्रिया पूरा नभएसम्मका लागि भन्‍ने शब्द थियो भने पछिल्लो राजीनामामा उक्त शब्द हटाएर महराले बुझाएका हुन्। पछिल्लो राजीनामा पत्रअनुसार नै संसद सचिवालयले उपसभामुखको निर्देशनमा सभामुख पद खाली भएको सूचना जारी गरेको छ ।

प्रकाशित मिति : २०७६, १५ आश्विन बुधबार  ५ : १६ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा