२०८२, ६ पुस आईतबार

यथार्थ बुझेर मात्रै पत्रकारले समाचार लेख्नुपर्छ : मन्त्री बाँस्कोटा

यथार्थ बुझेर मात्रै पत्रकारले समाचार लेख्नुपर्छ : मन्त्री बाँस्कोटा


काभ्रेपलाञ्चोक, १२ असोज : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारले जुनसुकै विषयमा पनि यथार्थ बुझेर मात्रै समाचार लेख्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाको बनेपामा नवनिर्मित भवन उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उहाँले समाचार सन्सनी बनाउने नाममा मिथ्या समाचार सम्प्रेषण गरिएकामा रोष प्रकट गर्नुभयो ।

उहाँले भन्नुभयो, “समाचार सन्सनी बनाउने नाममा तथ्यहीन समाचार सम्प्रेषण गर्ने प्रवृत्ति हटेको छैन, यसमा विशेष ध्यान पु¥याउनुहोला ।” आफूले सत्यतथ्यमा आधारित सकारात्मक समाचारको अपेक्षा गरेको उहाँले बताउनुभयो । मन्त्री बाँस्कोटाले केही समयअघि रुपन्देहीबाट अर्घखाँची जाँदैगर्दा उपप्रमुखको गाडीमा आएर मयुर ठोक्किएको प्रसङ्ग निकाल्दै त्यस विषयलाई सन्सनीपूर्ण बनाउन ‘भ्रामक’ समाचार सम्प्रेषण गरेको उल्लेख गर्नुभयो ।

“भ्रामक समाचार सम्प्रेषण गर्दा के हुन्छ, अब विचार पु¥याउनुहोला” उहाँले भन्नुभयो । गलत अर्थ दिने समाचार शीर्षक नबनाउन र जनताले विश्वास गर्नेगरी पत्रकारिता गर्न सञ्चारकर्मीलाई उहाँले सुझाव दिनुभयो । मन्त्री बाँस्कोटाले नेपाल पत्रकार महासङ्घको माग सञ्चार मन्त्रालयले पूरा गरिरहेको उल्लेख गर्दै ‘मिडिया हाउस’ले न्यूनतम पारिश्रमिक दिए नदिएकाबारे पत्रकार महासङ्घले अनुगमन थालेकामा खुशी व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “अब नजिकिएको चाडपर्व दशैँमा पनि श्रमजीवी पत्रकारलाई पारिश्रमिक नदिने मिडिया हाउसमा गएर धर्ना बस्नुस् अनि म महासङ्घलाई स्याबासी दिउँला ।” महासंङ्घले आफ्ना श्रमिजीवीको अवस्थाप्रति कडा अनुगमनमा लाग्नुपर्नेमा सरकारलाई ख्याउँख्याउँ मात्रै गरेको उहाँको आरोप थियो । उहाँले आम सञ्चार विषयक पास भएपछि मात्रै सञ्चार प्रतिष्ठान बन्ने स्थानको निक्र्यौल हुने बताउनुभयो ।

मन्त्री बाँस्कोटाले आजै पाँचखाल नगरपालिका–१२ देवभूमि वालुवास्थित आजाद माध्यमिक विद्यालयको अभिभावक भेला एवं शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली जनता स्वतन्त्र भइसकेका उल्लेख गर्दै सरकारले गरीबी निवारण गर्न रोजगारी सिर्जना, सीप, विकास, प्राविधिक शिक्षा तथा जीवनलाई सजिलो बनाउन सेवा क्षेत्रलाई प्रभावकारी बनाउने कार्यक्रम ल्याएको बताउनुभयो ।

यसैगरी आजै उहाँले खानीखोला गाउँपालिकास्थित खुसी समाज युवा क्लबको पर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै भ्रष्टाचार विरुद्ध सरकारसँगै जनता पनि लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य गंगाबहादुर दोङ, प्रदेशसभा सदस्य चन्द्र लामा, गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर खुलालले शुभकामना व्यक्त गर्नुभएको थियो । रासस

प्रकाशित मिति : २०७६, १२ आश्विन आईतबार  ६ : ०७ बजे

मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाको विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो प्रदेशसभाबाट विश्वासको

एमाले केन्द्रीय कमिटी बैठक : कार्यविभाजनको जिम्मा सचिवालयलाई दिने प्रस्ताव

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक केन्द्रीय कमिटी

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभामा विश्वासको

राजनीतिप्रति घृणा फैलाउनेहरुप्रति खबरदारी गर्न केपी ओलीको अपील

भक्तपुर। नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दलीय

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ (तस्वीरहरू)

काठमाडौं । नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा