२०८२, १८ मंसिर बिहीबार

दसैंमा नेपालीको घरायसी खर्च नगद आठ खर्ब

दसैंमा नेपालीको घरायसी खर्च नगद आठ खर्ब


काठमाडौं, असोज १२ :सरकारी तथ्यांक भन्छ– गत वर्ष सबै नेपालीको घरायसी खर्च २२ खर्ब १८ अर्ब रुपैयाँ भएको थियो । यसपालि झण्डै २४ खर्ब पुग्ने अनुमान छ । दसैं यस्तो चाड हो– जसमा वर्षभरिको खर्चको एक तिहाइ सकिन्छ । त्यस आधारमा यो दसैंमा ८ खर्ब रुपैयाँ सकिँदैछ । तर, त्यसको ४० प्रतिशत नगद ननिकाले पनि हुन्छ । जस्तो–आफ्नै उत्पादन, सरसामान आदि । ६० प्रतिशत भने पैसै चाहिन्छ ।

यसरी हेर्दा यो दसैंमा खर्ब रुपैयाँ प्रबाह हुनेछ । ‘वर्षभरिको हुने खर्चको एकतिहाइ दसैंमा सकिन्छ,’ अर्थशास्त्री केशव आचार्य भन्छन्, ‘यसको अर्थ बजारमा नगदमै कारोबार हुने भन्ने होइन । घरायसी उत्पादनका खाद्यवस्तु, तरकारी, माछामासु समेत बुझिन्छ । कूल उपभोग खर्चको ६० प्रतिशत बजारमा कारोबार हुने अनुमान गर्न सकिन्छ ।’

बजारमा दसैंको चहलपहल बढेको छ । कपडा, गरगहना, सवारीसाधन, माछामासु, ग्याजेटलगायतका सरसामान खपत हुन्छन् । यो समाचार अन्नपूर्ण पोस्ट्मा पुष्पराज आचार्यले लेखेका छन् ।

प्रकाशित मिति : २०७६, १२ आश्विन आईतबार  ६ : ४६ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको