२०८३, ११ भाद्र शुक्रबार

काभ्रेको विकास निर्माणका लागि सांसद नविनाको गुरुयोजना

काभ्रेको विकास निर्माणका लागि सांसद नविनाको गुरुयोजना


धुलिखेल ६ असोज  : संघीय सांसद नविना लामाले काभ्रे क्षेत्र नं १ को विकास निर्माणका लागि रणनीतिक योजना (Dream plan) बनाउन दोस्रो चरणको छलफल थालेकी छन् ।

सांसद लामाले काभ्रे संघीय निर्वाचन क्षेत्र नंं १ को विकास निर्माणका लागि गुरुयोजना बनाउन त्यस क्षेत्रमा रहेका पनौती, धुलिखेल र नमोबुद्ध नगरपलिकाका प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरुसँग भेटघाट तथा छलफल थालेकी हुन ।

यो भन्दा पहिले जिल्लाको डाँडापारीपारी क्षेत्रको खानीखोला देखि महाभारतसम्म र रोशी, सुनकोशी हुदैँ कोशीपारीसम्मको क्षेत्रलाई समेटेर विकास निर्माणको नयाँ अवधारण सहितको गुरु योजना निर्माण गर्न आवश्यक रहेको भन्दै सांसद लामाले गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष र वडाअध्यक्षहरुसंग सुझाव संकलन गराइसकेकी छन् ।

‘त्यस क्षेत्रको समग्र विकासमा लामो समयदेखि सहभागि हुदैँ आएका नगरका प्रमुम, उपप्रमुख वडाअध्यक्ष र विभिन्न ब्यक्तिहरुसँग बसेर छलफल गरेको हुँ, सांसद लामाले खघरघरसंग भनिन् ‘यो छलफलबाट आएको सल्लाह र सुझावलाई समेटिएर दिगो विकास लक्ष्यलाई टेवा पुग्नेगरी सवल र समृद्ध क्षेत्र निर्माणका लागि गुरु योजना बनाउने छु ।’

सोमबार सांसद लामाको अगुवाईमा धुलिखेलमा भएको छलफलमा नमोबुद्ध नागरपाकिाका प्रमुख टिपि शर्मा, उप प्रमुमुखहरु रामदेवी लामा, पनौती नगरपालिकाका उपप्रमुख गीता बञ्जारा, वडा अध्यक्षहरु र सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको सहभागि थियो ।

छलफलमा नमोबुद्ध नगरका प्रमुख टीपी शर्माले विकास निर्माणका लागि संसाद नविना लामाले थाल्नु भएको अभियानलाई सबै वर्गले सहयोग गर्नुपर्ने बताएका छन् । यसैगरी पनौती नगरपालिकाका उपप्रमुख गीता बञ्जारा र नमोबुद्ध नगरका उपप्रमुख रामदेवी लामाले खानेपानी, कृषि र शिक्षाको क्षेत्रलाई समेटिएर योजना बनाउनुपर्ने बताएकी छन् ।

प्रकाशित मिति : २०७६, ७ आश्विन मंगलबार  १० : २० बजे

५० लाखमुनि लक्जरी ईभी ! स्काईवेलको मूल्य सुनेर नाडा अटो शोका दर्शक चकित

काठमाडौं । नाडा अटो शो २०२६ मा एउटा ईभीले आफ्नो

भेटिएका ४८९ शवमध्ये ३९३ अझै बेवारिसे, पहिचानको पर्खाइमा आफन्त

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीपछि

केरुङ पहिरो : जोखिमबीच चिनियाँ उद्धार टोली प्रभावित क्षेत्रमा, खोजी तीव्र

काठमाडौं । चीन–नेपाल सीमा क्षेत्रमा पर्ने केरुङमा गएको भीषण पहिरोपछि

बाढीपहिरो पीडितका लागि एमालेको २० लाख सहयोग, स्वयंसेवक पनि परिचालन

काठमाडौं । बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नेकपा

गण्डकी सरकारको बाढीपीडितलाई ४ करोड सहयोग

काठमाडौं । गण्डकी प्रदेश सरकारले भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार