२०८२, २४ कार्तिक आईतबार

एकता कायम गरेर विकासलाई तीव्रता– अध्यक्ष प्रचण्ड

एकता कायम गरेर विकासलाई तीव्रता– अध्यक्ष प्रचण्ड


विराटनगर, ५ असोज: नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले मुलुकमा एकता कायम गर्न र विकास कार्यलाई तीव्रता दिन सुशासन कायम गर्नुपर्नेमा जोड दिनुुभएको छ । विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले मुुलुकमा सुशासन कायम गर्न कमी कमजोरीको समीक्षा गर्दै अघि बढ्नुपर्ने कुरामा जोड दिनुभयो ।

अध्यक्ष दाहालले अहिले केही मात्रामा बढेको अराजक गतिविधि र उछृङ्खल क्रियाकलापप्रति सरकार र राजनीतिक दल गम्भीर भएको बताउँदै उहाँले यस्ता क्रियाकलापले वर्तमान प्रणालीमा कुनै खतरा नभएको टिप्पणी गर्नुभयो । उहाँले अराजक गतिविधि र उछृङ्खल क्रियाकलापप्रति सदनमा भएका सबै राजनीतिक दलले प्रतिवाद गर्नुपर्ने कुरामा जोड दिँदै भ्रष्टाचारको विरुद्धमा सरकार अघि बढेको छ भन्नुभयो ।

अध्यक्ष दाहालले एक प्रश्नको जवाफमा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको र उहाँले नियमितरुपमा सरकार सञ्चालन गरिरहनु भएको प्रष्ट पार्दै प्रधानमन्त्रीले चाहेमा मन्त्रिमण्डलको पुनःगठन हुनसक्ने धारणा राख्नुभयो ।

सरकारले गएको वर्षमा मौलिक हकका थुप्रै कानून निर्माण गरिसकेको बताउँदै पूर्वप्रधानमन्त्री दाहालले वर्तमान सरकार गठनपछि छिमेकी मुलुकहरुसँग पनि सम्बन्ध राम्रो भएको उल्लेख गर्नुभयो । उहाँले मुलुकको आर्थिक वृद्धि दर सात प्रतिशत रहेकाले निराश हुनुपर्ने स्थिति नरहेको भन्दै सरकारले विकासका काममा तीव्रता दिनुपर्नेमा जोड दिनुभयो । RSS

प्रकाशित मिति : २०७६, ५ आश्विन आईतबार  १ : २५ बजे

जेनजी आन्दोलनबारे ओलीको स्पष्ट सन्देश : ‘युवाको ऊर्जा देश निर्माणतर्फ मोड्नुपर्छ’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा

एक हजार दरका ४३ करोड नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका नयाँ

आज विश्व स्वतन्त्रता दिवस

काठमाडौं । आज नोभेम्बर ९ अर्थात विश्व स्वतन्त्रता दिवस ।

मूलधारका मिडियाहरु सकस र संघर्षपूर्ण तरिकाले चल्नु परेको छ : मन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अहिलेका परिस्थितिमा

एक महिना नपुग्दै ढल्यो मधेस सरकार, मुख्यमन्त्रीको राजीनामा स्वीकृत

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) को