२०८३, २३ आश्विन शनिबार

देश विकासको बाधक दलाल पूँजीवादः मुख्यमन्त्री गुरुङ

देश विकासको बाधक दलाल पूँजीवादः मुख्यमन्त्री गुरुङ


लमजुङ, ४ असोज: गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले देश विकासको बाधक दलाल पूँजीवाद भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०लमजुङद्वारा आज बेँसीशहर नगरपालिका–८ मा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले विदेशमा उत्पादित सामान नेपालमा ल्याएर बेच्नु र देशभित्रै काम गर्नेगरी विदेशी कम्पनीलाई जिम्मा दिने प्रवृत्ति दलाल पूँजीवाद भएको बताउनुभयो ।

उद्योग, कलकारखाना सञ्चालन, स्वदेशमा उत्पादन, आम्दानी गर्न र रोजगारीको सिर्जना गर्दै गरीबीको अन्त्य गरी आम्दानी नगरेसम्म देशमा पूँजीको विकास नहुने उहाँले बताउनुभयो । सामान्तवादको अन्त्य गर्ने र पूँजीवादी व्यवस्था ल्याउने कुरामा लोकतान्त्रिक पार्टीको सहयोगले नेपालमा नयाँ संविधान बनेसँगै नयाँ युगको शुरुआत भएको मुख्यमन्त्री गुरुङको भनाइ थियो । “रोजागार र उत्पादनशील शक्तिको वृद्धि गर्ने सरकारको लक्ष्य छ”, उहाँले भन्नुभयो ।

प्रशिक्षण कार्यक्रममा नेकपा गण्डकी प्रदेशका अध्यक्ष एवम पूर्वमन्त्री हितराज पाण्डले पार्टी र सरकारको सम्बन्धका बारेमा प्रशिक्षण दिँदै जनतासँगको सम्बन्ध प्रगाढ बनाउँदै सरकारको माध्यमद्वारा जनताको सेवा गर्नु अहिलेको मुख्य प्रथामिकता हो भन्नुभयो ।

प्रकाशित मिति : २०७६, ४ आश्विन शनिबार  ७ : ४८ बजे

क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरको आज यहाँ

भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउन प्रदेश सरकार लागेका छौं : मुख्यमन्त्री किरण थापा मगर

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि