२०८२, २४ कार्तिक आईतबार

देश विकासको बाधक दलाल पूँजीवादः मुख्यमन्त्री गुरुङ

देश विकासको बाधक दलाल पूँजीवादः मुख्यमन्त्री गुरुङ


लमजुङ, ४ असोज: गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले देश विकासको बाधक दलाल पूँजीवाद भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०लमजुङद्वारा आज बेँसीशहर नगरपालिका–८ मा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले विदेशमा उत्पादित सामान नेपालमा ल्याएर बेच्नु र देशभित्रै काम गर्नेगरी विदेशी कम्पनीलाई जिम्मा दिने प्रवृत्ति दलाल पूँजीवाद भएको बताउनुभयो ।

उद्योग, कलकारखाना सञ्चालन, स्वदेशमा उत्पादन, आम्दानी गर्न र रोजगारीको सिर्जना गर्दै गरीबीको अन्त्य गरी आम्दानी नगरेसम्म देशमा पूँजीको विकास नहुने उहाँले बताउनुभयो । सामान्तवादको अन्त्य गर्ने र पूँजीवादी व्यवस्था ल्याउने कुरामा लोकतान्त्रिक पार्टीको सहयोगले नेपालमा नयाँ संविधान बनेसँगै नयाँ युगको शुरुआत भएको मुख्यमन्त्री गुरुङको भनाइ थियो । “रोजागार र उत्पादनशील शक्तिको वृद्धि गर्ने सरकारको लक्ष्य छ”, उहाँले भन्नुभयो ।

प्रशिक्षण कार्यक्रममा नेकपा गण्डकी प्रदेशका अध्यक्ष एवम पूर्वमन्त्री हितराज पाण्डले पार्टी र सरकारको सम्बन्धका बारेमा प्रशिक्षण दिँदै जनतासँगको सम्बन्ध प्रगाढ बनाउँदै सरकारको माध्यमद्वारा जनताको सेवा गर्नु अहिलेको मुख्य प्रथामिकता हो भन्नुभयो ।

प्रकाशित मिति : २०७६, ४ आश्विन शनिबार  ७ : ४८ बजे

एक हजार दरका ४३ करोड नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका नयाँ

आज विश्व स्वतन्त्रता दिवस

काठमाडौं । आज नोभेम्बर ९ अर्थात विश्व स्वतन्त्रता दिवस ।

मूलधारका मिडियाहरु सकस र संघर्षपूर्ण तरिकाले चल्नु परेको छ : मन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अहिलेका परिस्थितिमा

एक महिना नपुग्दै ढल्यो मधेस सरकार, मुख्यमन्त्रीको राजीनामा स्वीकृत

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) को

सिरानचोकमा माइक्रोबस दुर्घटना, १७ जना घाइते

सिरानचोक । सिरानचोक गाउँपालिका-४, चोरकाटेस्थित घुम्तीमोडमा भएको एक माइक्रोबस दुर्घटनामा