२०८३, ९ श्रावण आईतबार

टेनिसमा थापा विजयी

टेनिसमा थापा विजयी


काठमाण्डौ ४ असोज: पोखरामा आजदेखि शुरु भएको एनआइसी एशिया बैंक नेपाल आइटीएफ सिनियर विश्व बरियता ग्रेड–४ टेनिस प्रतियोगितामा कमल थापाले विजयी शुरुआत गरेका छन् ।

कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा पोखरा रङ्गशालामा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन खेलमा राप्रपाका अध्यक्ष एवम पूर्वउपप्रधानमन्त्री थापाले ५५ वर्षमाथिको एकलतर्फ भारतीय खेलाडी एसएन वशिष्ठलाई ६–० र ६–२ अङ्कले पराजित गर्नुभएको हो । यस्तै आजको अन्य खेलमा पोखराका भेट्रान खेलाडी अनिल तुलाचनले करिमुल्ला मुस्लिमलाई ६–०, ४–६ र ६–० अङ्कले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेका छन् ।

यस्तै ४५ वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धामा विमलकुमार गुरुङले कुलबहादुर तामाङमाथि ६–२ र ६–२ अङ्कको जित निकाले । अर्को खेलमा उत्तम बोगटीलाई पोखराका विकास गुरुङले ६–३ र ६–१ अङ्कले हराए । यसैगरी ३५ वर्षमाथिको उमेर समूहमा सञ्जयप्रकाश श्रेष्ठले अनिषसिंह गुरुङलाई ६–३ र ६–० अङ्कले पराजित गरे । अर्को खेलमा अशोक गुरुङ घाइते भएका कारण पोखराका विकास गुरुङले अर्को चरण प्रवेश गरे ।

प्रतियोगितामा नेपाल र भारतका विभिन्न उमेर समूहका ५२ खेलाडी सहभागी छन् । यसअघि प्रतियोगिताको उद्घाटन गर्दैै गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले टेनिस प्रतियोगिताले पोखराको खेल पर्यटनमा महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो । टेनिस सङ्घका अध्यक्ष दोर्जे लामाले वर्षेनी आयोजना गरिने प्रतियोगिताले टेनिसको विकास र विस्तारसँगै पर्यटन प्रवद्र्धन हुने विश्वास व्यक्त गर्नुभयो । प्रतियोगिता असोज ८ गतेसम्म चल्नेछ । RSS

प्रकाशित मिति : २०७६, ४ आश्विन शनिबार  ७ : २५ बजे

लुम्बिनी सरकारबाट कांग्रेस बाहिरिँदै, पाँच मन्त्रीले आजै राजीनामा दिने

रुपन्देही । नेकपा एमाले र नेकपाबीच सत्ता सहकार्यका लागि सहमति

इरान युद्धमा ट्रम्प प्रशासनभित्रै ‘रणनीतिक विद्रोह’, भान्स र सेना प्रमुखले रोके लामो युद्धको बाटो

काठमाडौं । इरानमाथि करिब दुई सातादेखि जारी अमेरिकी सैन्य कारबाहीमा

पत्रकारमाथि चरित्रहत्या गर्ने कर्मचारीलाई प्रेस चौतारीको कडा चेतावनी

काठमाडौं । समाचार प्रकाशन गरेको विषयलाई लिएर जयपृथ्वी नगरपालिकाका आन्तरिक