२०८२, २८ चैत्र आईतबार

उपत्यकामा जामको सास्ती

उपत्यकामा जामको सास्ती


काठमाडौं, असोज ४ : काठमाडौं उपत्यकामा पछिल्ला दिनमा ट्राफिक जाम अत्यधिक बढेको छ । सवारी साधनमा यात्रा गर्ने सवारी चालक तथा यात्रुले एक चोकदेखि अर्को चोकसम्म पुग्न पनि घण्टौं जाममा बस्नुपर्ने भएको हो । सवारी साधन दिन प्रतिदिन थपिने तर सरकारले सडक मर्मतसम्भार तथा विस्तारमा ध्यान नदिँदा जाम बढेको हो । काठमाडौं उपत्यकाका सडकभरि खाल्डाखुल्डीका कारण पनि जाम थपिएको छ ।

चोक–चोकमा ट्राफिक लाइट हुँदा सवारी साधन व्यवस्थित रूपमा आवातजावत हुने भए पनि उपत्यकाका सबै चोकमा ट्राफिक लाइट बिग्रिएर थन्किएका छन् । सरकारले पानी जहाज, रेलको सपना देखाइरहे पनि सार्वजनिक यातायात, विद्यमान सडकको मर्मतसम्भार र विस्तारजस्ता कुरामा भने कम चासो दिने गरेको छ ।

नेपाल अटोमोबाइल एसोसिएसन (नाडा)का उपाध्यक्ष प्रकाश कपुतले भौतिक पूर्वाधारलाई व्यवस्थित बनाउन नसकेको बताउँछन् । ‘हामीले ट्रान्सपोर्टेसनका लागि रेलवे, पानी जहाजको कुरा गरिरहेका छौं तर अहिले भइरहेकैलाई व्यवस्थित बनाउनेमा त्यति ध्यान दिएका छैनौं,’ कपुतले भने । ट्राफिक प्रहरीका अनुसार ट्राफिक लाइट नहुँदा पनि जाम थपिएको हो । १२ लाख बढी सवारी गुडिरहने काठमाडौं उपत्यकामा ट्राफिक प्रहरी हातकै इसारामा ट्राफिक व्यवस्थापन गर्न बाध्य छन् । ट्राफिक बत्ती नहुँदा ट्राफिक व्यवस्थापनामा चुनौती थपिएको छ भने पैदल यात्रु र सवारी चालकले पनि अनावश्यक हैरानी खेप्दै आउनुपरेको छ ।

उपत्यकाका कोटेश्वर, त्रिपुरेश्वर, टेकु, माइतीघर, थापाथली, गौशालामा अत्यधिक जाम हुने गरेको छ । यी स्थानहरूमा कार्यालय समयमा एक घण्टासम्म जाम हुने गरेको सवारी चालक तथा यात्रुको गुनासो छ । कोटेश्वरको जाम जडीबुटी र तिनकुनेसम्म हुने गरेको छ । बीपी राजमार्गबाट सवारी बाहिरिने र भित्रिने नाकाका रूपमा सवारी चाप हुँदा कोटेश्वरमा जाम बढेर गएको हो ।

त्रिपुरेश्वरको ट्राफिक जाम टेकु, सुनधारा तथा थापाथलीसम्म हुने गरेको छ । त्रिपुरेश्वरमा कालीमाटी भएर जाने सवारी छाड्न सुनधारा र थापाथलीबाट आउने सवारी रोक्नुपर्ने बाध्यता हुन्छ भने सुनधारा वा थापाथलीबाट आउने सवारी छाड्न पर्दा अन्य दुईतिरको रोक्नुपर्ने हुँदा जाम थपिएको हो । चोक चोकमा ट्राफिक लाइट नहुनु र यात्रुले जथाभावी रूपमा बाटो काटिदिँदा पनि जाम बढ्ने गरेको छ ।

ट्राफिक जाम न्यूनीकरण गर्नका लागि उपत्यकाभित्र १३९ स्थानमा ट्राफिक बत्तीको आवश्यकता देखिएको महानगरीय ट्राफिक महाशाखा जनाएको छ । तर, हाल उपत्यकाका चोकमा ट्राफिक बत्ती नै बल्न छाडेको हो । ट्राफिक प्रहरीले खाल्डाखुल्डी पुर्नेलगायत सडकको मर्मतसम्भार र ट्रााफिक बत्ती निर्माणका लागि सरोकारवाला निकायसँग पटकपटक आग्रह गरेको जनाएको छ । तर, सरोकारवाला निकायले तत्परता नदेखाएको ट्राफिक प्रहरीको गुनासो छ । राजधानी दैनिकबाट साभार ।

प्रकाशित मिति : २०७६, ४ आश्विन शनिबार  ८ : ०३ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४