२०८२, १२ माघ सोमबार

राष्ट्रको समृद्धिमा गीत सङ्गीतको महत्वपूर्ण योगदान : योगेश भट्टराई

राष्ट्रको समृद्धिमा गीत सङ्गीतको महत्वपूर्ण योगदान : योगेश भट्टराई


काठमाडौँ, २ असोज : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गीत सङ्गीतले राष्ट्रको समृद्धिमा महत्वपूर्ण योगदान दिँदै आएको बताउनुभएको छ । सांस्कृतिक संस्थानको सहकार्यमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा आज साँझ राष्ट्रिय नाचघरमा आयोजित ‘सारङ्गीमा देश’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले नेपाली समाजलाई सङ्गीतको माध्यमबाट राष्ट्रलाई योगदान गर्ने गन्धर्व जातिको योगदान अविस्मरणीय रहेकोसमेत उल्लेख गर्नुभयो ।

मन्त्री भट्टराईले भन्नुभयो, “नेपालको एकतासँगै आगामी यात्राको अठोट र नेपाली जनताको भावनात्मक सम्बन्धलाई सारङ्गीको धुनले माथि उठाउन सहयोग गर्ने मेरो विश्वास छ ।” जसरी संविधान अनुपम र नवीन छ त्यसरी नै नेपालको गीत, सङ्गीत, साहित्य र जातजातिको क्षेत्र पनि विशिष्ट रहेको भन्दै उहाँले देशभरमा विगतदेखि आजसम्म विभिन्न जाति र जनजातिले जन्मदेखि मृत्युसम्म बजाइने बाजाको गौरवपूर्ण इतिहास रहेको उल्लेख गर्नुभयो ।

उहाँले सरकारले सात हजारभन्दा बढी बाजा सङ्कलन गरिसकेकाले यसलाई छिट्टै राष्ट्रिय सङ्ग्रहालयमा राख्ने योजना रहेको जानकारी दिनुभयो । बाँकी बाजा खेज्ने अभियानमा सरकार रहेको उहाँको भनाइ थियो । संविधान दिवसका अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै मन्त्री भट्टराईले संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने संविधानसभालगायत साथ र सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिनुभयो । सो क्रममा २० जना सारङ्गीवादकले विभिन्न भाकामा सारङ्गी रेटेर दर्शकलाई मनोरञ्जन दिनुभएको थियो ।

प्रकाशित मिति : २०७६, २ आश्विन बिहीबार  ९ : २० बजे

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै

महेश्वर दाहाललाई चुनावी प्रचार प्रसारमा स्वस्फूर्त आर्थिक सहयोग जुट्दै

सिन्धुली । आगामी फागुन २१ गते हने प्रतिनिधसभा निर्वाचनमा सिन्धुली

जनमुक्ति सेनाका पूर्व बिग्रेड कमाण्डरले उठाए प्रश्न : केन्द्रको निर्णय वैध छ ?

सिन्धुली: नेपाल कम्युनिष्ट पार्टीेकपा (नेकपा) भित्र निर्णय प्रक्रिया र पार्टी