२०८२, ३ कार्तिक आईतबार

संविधान दिवसमा चिडियाखाना प्रवेश शुल्कमा छुट

संविधान दिवसमा चिडियाखाना प्रवेश शुल्कमा छुट


काठमाडौँ,  २ असोज  ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाले अवलोकनका लागि आउनेलाई आजदेखि शनिबारसम्म प्रवेश शुल्कमा छुटको व्यवस्था गरेको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को अवसरमा चिडियाखाना व्यवस्थापन समितिले प्रवेश शुल्कमा छुट दिने निर्णय गरेको हो ।

चिडियाखानाका सूचना अधिकारी लिना चालिसेका अनुसार १२ वर्ष उमेरसम्मका बालबालिकालाई यस समयमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । तीन दिन अन्य सबै स्वदेशी र विदेशी नागरिकबाट रु ५० शुल्क लिइने छ । अन्य समयमा चिडियाखानाले सर्वसाधारणबाट रु १५०, विदेशीबाट रु ७५० र विद्यार्थीबाट रु ९० शुल्क लिने गरेको छ । हाल दैनिक झण्डै पाँच हजार व्यक्ति अवलोकनका लागि आउने गरेको सूचना अधिकारी चालिसेले जानकारी दिनुभयो । चिडियाखानामा १२७ प्रजातिका एक हजार दुई १९ जीवजन्तु छन् ।

चिडियाखानाले गत आर्थिक वर्षमा अवलोकन गर्न आउनेहरुबाट रु १४ करोड आम्दानी गरेको थियो ।  अघिल्लो आवमा अवलोकनकर्ताबाट रु १२ करोड आम्दानी भएको थियो । गत आवामा स्वदेशी र विदेशी गरी एक लाख व्यत्तिले चिडियाखानाको अवलोकन गरेका थिए ।

एक वर्षअघि भित्र्याइएको ‘रेड पाण्डा’ र ‘रिङटेल्ड लिमर’ अहिले भिडियाखानाका मुख्य आकर्षणका रुपमा रहेका छन् । प्छिल्लो समय चिडियाखानाले जनावरलाई राख्न नयाँ घर बनाउने काम तीव्ररुपमा अघि बढाएको चालिसेले बताउनुभयो । रासस

 

प्रकाशित मिति : २०७६, २ आश्विन बिहीबार  ७ : ४१ बजे

आज केन्द्रीय सुरक्षा समितिको बैठक, निर्वाचन सुरक्षा योजना मुख्य एजेन्डा

काठमाडौं । आसन्न निर्वाचनलाई लक्षित गर्दै गृह मन्त्रालयले आज केन्द्रीय

आज तिहारको पहिलो दिनः काग तिहार

काठमाडौँ । आज देशभर तिहारको पहिलो दिन अर्थात् काग तिहार

आजको मौसम अपडेट : देशभर सफा मौसम

काठमाडौं । देशभर आजको मौसम सामान्य र स्थिर रहने भएको

जनकपुरको सुनचाँदी पसलमा गोली चल्यो प्रहरी र व्यवसायीबीच झडप

जनकपुरधाम। जनकपुरको सोनारपट्टी क्षेत्रमा शुक्रबार साँझ एक सुनचाँदी व्यवसायीको पसलमा

नेपालका क्रिकेटर-राष्ट्रको आत्मा र गौरवका नायक

ओमानको गर्मीमा अपराजित रहँदै टी- २० विश्वकप छनोट जित्नु केवल