२०८३, २ आश्विन शनिबार

सरकारले संविधान प्रदत्त अधिकारलाई तोडमोड गरेको छैन : नेता शर्मा

सरकारले संविधान प्रदत्त अधिकारलाई तोडमोड गरेको छैन : नेता शर्मा


काठमाडौँ, २ असोज: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभामा संसदीय दलका नेता दिनानाथ शर्माले सरकारले संविधान प्रदत्त अधिकारलाई तोडमोड नगरेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा उहाँले संविधानको मूलमर्म र भावना विपरीत कार्य गर्ने अधिकार कसैलाई नभएको भन्दै सत्ता पक्ष र प्रतिपक्ष लोकतान्त्रिक आन्दोलनका सहयात्री भएको बताउनुभयो ।

सङ्घीय संसद्को चौथो अधिवशेन अन्त्यको अवसरमा धारणा राख्दै नेता शर्माले सभाका बैठकमा सांसदको सक्रिय सहभागिता र उपस्थिति, समिति सभापतिको भूमिका र सरकारका मन्त्रीहरुको महत्वपूर्ण सहभागिता रहेको उल्लेख गर्नुभयो ।

नेपाली काङ्ग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले राष्ट्रियसभा बैठक कतिपय अवस्थामा सरकारको छायाँजस्तो पनि देखिएको टिप्पणी गर्नुभयो । उहाँले संसद्ले निर्माण गर्ने कानून सत्ता पक्ष र प्रतिपक्षका लागि नभई समग्र जनताका लागि भएकाले विवेकलाई धरौटीमा नराखी मनको वास्तविक अभिलाशाअनुसार काम गर्नुपर्ने बताउनुभयो ।

अधिवेशन अन्त्यको बैठकमा राष्ट्रिय जनता पार्टी नेपालका सांसद वृर्षेशचन्द्र लालले केही समययता नेताहरुबाटै राज्य प्रणालीमाथि खतरा देखिएको भन्ने अभिव्यक्ति आएको भन्दै यसमा कुनै खतरा नरहेको स्पष्ट पार्नुभयो । उहाँले राज्य प्रणालीमाथि खतरा देखिए वर्तमान राजनीतिक नेतृत्व बढी जिम्मेवार हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

सङ्घीय समाजवादी पार्टीका सांसद प्रमिला कुमारीले संसद् बैठकको शून्य र विशेष समयमा उठाइका विषय सरकारबाट उचित सम्बोधन नहुने गरेको आरोप लगाउँदै मुुलुकमा विभिन्न भ्रष्टाचार र अनियमितताका घटना बढे पनि सरकार गम्भीर हुन नसकेको टिप्पणी गर्नुभयो । सङ्घीय संसद्को चौथो एवं बजेट अधिवेशनको आज राति १२ बजेदेखि अन्त्य भएको छ । बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिबाट सोसम्बन्धी प्राप्त पत्रको ब्यहोरा पढेर सुनाउनुभएको थियो । बैठकमा यसअघि विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले आर्थिक वर्ष २०७५÷७६ को समितिको वार्षिक प्रतिवेदन सभासमक्ष पेश गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७६, २ आश्विन बिहीबार  ७ : २५ बजे

सुनको भाउमा फेरि ठूलो उछाल, तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो

काठमाडौ । नेपाली बजारमा सुनको मूल्यले फेरि ठूलो उछाल लिएको छ।

इरानी राष्ट्रपति पेजेस्कियानलाई अमेरिकाको भिसा, महासभामा सहभागी हुन न्यूयोर्क जाँदै

काठमाडौं। अमेरिका र इरानबीच तनाव चर्किरहेका बेला अमेरिकी सरकारले इरानी राष्ट्रपति मसुद

डेढ अर्बको हुण्डी कारोबार आरोपमा विराटनगरका दुई जना पक्राउ

विराटनगर । एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको हुण्डी कारोबार गरेको

प्रधानमन्त्री बालेन हुन कि रवि लामिछाने हुन भन्नेमा कन्फूजन छ : गणेशबहादुर विश्वकर्मा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य गणेशबहादुर विश्वकर्माले वर्तमान

क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो : अजय विक्रम थापा

पछिल्लो समय नेपालमा क्यासिनोको संख्या बढ्दै छ, तर ठूला लगानी