२०८२, १२ माघ सोमबार

भिन्दाभिन्दै दलका प्रमुख र उपप्रमुखः विवादै– विवाद, एक जनाको ज्यानसमेत गयो

भिन्दाभिन्दै दलका प्रमुख र उपप्रमुखः विवादै– विवाद, एक जनाको ज्यानसमेत गयो


काठमाडौं , असोज २ : देशभरका प्रायः स्थानीय तहमा प्रमुख र उपप्रमुख भिन्दाभिन्दै दलका हुँदा विवाद हुने गरेकोमा धनुषास्थित हंसपुर नगरपालिकामा भने एउटै पार्टीका तर्फबाट निर्वाचित प्रमुख र उपप्रमुखबीचको विवादले एक जना नगरवासीको ज्यानै लिइसक्यो । नेतृत्व तहको अधिकार बाँडफाँटमा कुरा नमिलेर सुरु भएको विवाद बल्झिदै दुई पक्षबीच झडप हुँदा एक जनाको ज्यान गएको हो ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको तर्फबाट हंसपुरको प्रमुख पदमा रामज्ञान मण्डल निर्वाचित भएका हुन् । सोही पार्टीको रेणु झा उपप्रमुखमा जितेकी छिन् । उमेरका हिसाबले आमा–छारो जस्तै देखिने दवैबीच चुनाव ताका आमा–छोरा जस्तै व्यवहार देखिन्थ्यो । जब, दुईबीच पदीय अधिकारको सवालमा दूरी बढ्न थाल्यो अनि पार्टी मौन बसिदियो । हुँदाहुँदै उनीहरुबीचको विवाद ज्यानै लिनसक्ने अवस्थासम्म पुग्यो ।

पटकपटक दुई समूहबीच भएको झडपमा परी स्थानीय तपेश्वर मण्डलको मृत्यु भएको हो । उनको मत्यु प्रकरणमा नगरप्रमुख मण्डल, उपप्रमुख झासहित केही वडाका अध्यक्षमाथि जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको छ । उनीहरु सबै गिरफ्तारी पर्ने डरले कार्यालय जाँदैनन् । यो समाचार नागरिक दैनिकमा सुरेश यादवले लेखेका छन् ।

प्रकाशित मिति : २०७६, २ आश्विन बिहीबार  ७ : ३८ बजे

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै

महेश्वर दाहाललाई चुनावी प्रचार प्रसारमा स्वस्फूर्त आर्थिक सहयोग जुट्दै

सिन्धुली । आगामी फागुन २१ गते हने प्रतिनिधसभा निर्वाचनमा सिन्धुली

जनमुक्ति सेनाका पूर्व बिग्रेड कमाण्डरले उठाए प्रश्न : केन्द्रको निर्णय वैध छ ?

सिन्धुली: नेपाल कम्युनिष्ट पार्टीेकपा (नेकपा) भित्र निर्णय प्रक्रिया र पार्टी