२०८२, १२ माघ सोमबार

न्युयोर्कमा संविधान दिवस समारोह

न्युयोर्कमा संविधान दिवस समारोह


काठमाडौँ, १ असोज : संविधान दिवसका अवसरमा संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नेपाली नियोग र न्युयोर्कस्थित महावाणिज्य दूतावासद्वारा मङ्गलबार न्युयोर्कमा एक स्वागत समारोहको आयोजना गरियो ।

त्यस अवसरमा अतिथिहरूको स्वागत गर्दैै संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नेपाली प्रतिनिधि अमृतबहादुर राईले शिष्ट र सभ्य राष्ट्रहरूको समूहको एक सदस्य देश नेपाल युगौँदेखि शान्तिप्रिय र जिम्मेवार मुलुकका रुपमा रहेको बताउनुभयो ।

चार वर्षअघि निर्वाचित जनप्रतिनिधिले तयार गरी संविधानसभाबाट जारी नेपालको संविधानले राजनीतिक रुपान्तरणलाई संस्थागत गरेको जानकारी दिँदै उहाँले ‘समृद्ध नेपाल, खुशी नेपाली’ राष्ट्रिय आकाङ्क्षा साकार पार्न दिगो आर्थिक विकासको पथमा नेपाल अग्रसर भइरहेको बताउनुभयो ।

समारोहमा न्युयोर्कस्थित कूटनीतिक नियोगका पदाधिकारीका साथै संयुक्त राष्ट्रसङ्घका उच्च अधिकारी, व्यापारी तथा नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको न्युयोर्कमा रहेको स्थायी नेपाली नियोगले जनाएको छ । रासस

प्रकाशित मिति : २०७६, १ आश्विन बुधबार  १० : ३२ बजे

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै

महेश्वर दाहाललाई चुनावी प्रचार प्रसारमा स्वस्फूर्त आर्थिक सहयोग जुट्दै

सिन्धुली । आगामी फागुन २१ गते हने प्रतिनिधसभा निर्वाचनमा सिन्धुली

जनमुक्ति सेनाका पूर्व बिग्रेड कमाण्डरले उठाए प्रश्न : केन्द्रको निर्णय वैध छ ?

सिन्धुली: नेपाल कम्युनिष्ट पार्टीेकपा (नेकपा) भित्र निर्णय प्रक्रिया र पार्टी